१६ कार्तिक २०८३, सोमबार

संविधानमा प्रश्न चिन्ह उठाउन मिल्ने ठाउँ छैनः पूर्व सभामुख नेम्वाङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Subash– सुदीप अधिकारी
बर्दिया, १५ चैत । हालै जारी भएको नेपालको संविधान पूर्णरुपमा समावेशी भएको नेकपा एमालेका संसदीय दलका उप नेता तथा पूर्व सभामुख सुभाषचन्द्र नेम्वाङ्गले बताएका छन् ।

नेकपा एमाले बबई नगर कमिटीको पहिलो नगर अधिवेशनलाई उद्घाटन गर्न बर्दियाको भुरीगाउँ आएका पूर्व सभामुख नेम्वाङ्गले अहिलेको संविधानले महिला, जनजाती, मधेशी, पिछडा वर्गलगायत सबैको अधिकार सुनिश्चित गरेकाले यो संविधानमा कसैले प्रश्न चिन्ह उठाउन मिल्ने ठाउँ नरहेको दाबी गरे ।

संविधान बमोजिम सम्पन्न भएको प्रधानमन्त्रीको निर्वाचनमा नेपालका सबै राजनितीक दलले सहभागीता जनाएर प्रधानमन्त्री चयन गर्नुले पनि यो संविधान पूर्णरुपले सफल भएको उनले जिकीर गरे । भारत अमेरिका लगायतका देशका संविधानको चर्चा गर्दै उनले भने ‘ अमेरीकामा ५२ प्रतिशत छिमेकी भारतमा ६५ प्रतिशत बहुमत भएर पनि बनेको संविधानलाई स्किारेका छन त्यसैले हाम्रो ९० प्रतिशत बहुमतले बनेको संबिधानलाई विश्वकै उत्कृट संविधान हो ।’

उत्कृष्ठ संबिधानलाई अस्विकार गर्दै आन्दोलनमा गएर नाकाबन्दी गर्नेहरु माथी ब्यंग्य गर्दै उनले भने नाकाबन्दीले कसैको भलो गर्दैन नत जनताको भलो हुन्छ नत आन्दोलनकारीको नै भलो हुन्छ । त्यसैले होला नाकाबन्दी फिर्ता लिने निर्णय गर्न नपाउँदै खै कताबाट नाकाबन्दी खुलेछ पत्तै भएन उनले भने । संविधानको चर्चा गर्दै पूर्व सभामुख नेम्वाङले भने, ‘नेपालको संबिधानमा ३१ दलको उपस्थिीती छ । यसमा विविधता छ । यो संविधान पूर्ण सन्तुलित छ । समाबेशी छ । सबै जातजातीका लागि समेटिएर बनेको छ । त्यसैले यसमा हामी सबैले गर्व गर्नु पर्छ ।’

नेकपा एमाले बबई नगर कमिटिको पहिलो नगर अधिवेशनलाई नेकपा एमाले भेरी अञ्चल कमिटि इन्चार्ज यमलाल कडेल, व्यवस्थिापिका सांसद श्याम ढकाललगाएतका नेताले सम्बोधन गरेका थिए । अधिवेशनको बन्द सत्र चैत १६ गते हुने बताइएको छ ।