१६ कार्तिक २०८३, सोमबार

जापानी दम्पत्तिले दिए एक करोडको भवन (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Japani-building (2)

झापा, १५ चैत । झापाको बिर्तामोड ५ बुट्टावारीस्थित सरस्वती माध्यमिक विद्यालयमा जापानी दम्पत्तिले एक करोड रुपैयाँको लागतमा भवन निर्माण गरी आज सोमबार हस्तान्तरण गरेका छन् ।

मजदुर तथा विपन्न वर्गका बालबालिका अध्ययन गर्ने उक्त विद्यालयको भौतिक विकासका लागि जापानी दम्पत्तिले ‘हिरोता ड्रिम भवन’ निर्माण गरेर हस्तान्तरण गरेका हुन् ।

तोसिरो हिरोता र हात्सुए हिरोताको सहयोगमा जापान टीम अफ योङ ह्यूमेन पावर (जे एच पी) र झापाको चन्द्रगढीस्थित घनश्याम स्मृति प्रतिष्ठानले चारकोठे उक्त भवन निर्माण गरेका हुन् ।

सोमबार विशेष कार्यक्रमकाबीच फर्निचर, पोडियम, ह्वाइट बोर्ड तथा आवश्यक सामग्रीसहितको उक्त भवनको चावी हिरतो दम्पत्तिले विद्यालयका अध्यक्ष राजुजङ्ग कन्दङ्वालाई हस्तान्तरण गरे ।

Japani-building (1)

उक्त अवसरमा हिरोता दम्पत्ति तथा घनश्याम स्मृति प्रतिष्ठानलाई विद्यालयले सम्मानपत्रद्वारा सम्मानसमेत गरेको छ ।

हिरोता दम्पत्तिसहित जापानी नागरिकलाई नौमति बाजासहित विद्यार्थी तथा अभिभावक र सामाजिक क्षेत्रका अगुवाहरुले लामबद्ध भई फूलमालाले स्वागत गर्नुका साथै विद्यालयको विकासमा योगदान पु¥याएको भन्दै प्रसंशा गरेका थिए ।

अध्यक्ष कन्दङ्वाको अध्यक्षतामा भएको समारोहमा घनश्याम स्मृति प्रतिष्ठानका अध्यक्ष नवकुमारी खनाल , सहायक जिल्ला शिक्षा अधिकारी युवराज पाण्डे लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको शुरुमा पूर्व सांसद डिल्ली सिटौलाले नेपाल र जापानको झण्डा झण्डोत्तोलन गरेका थिए ।

गत भदौमा उक्त भवनको निर्माण थालिएको थियो । ५ सय १८ जना विद्यार्थी अध्ययनरत र २१ शिक्षक कार्यरत सो विद्यालय भौतिक रुपमा जीर्ण भएको अवस्थामा गत वर्षको फागुनबाट स्थानीय युवा राजुजंङ्ग कन्दङ्वाले व्यवस्थापन समितिको नेतृत्व लिएपछि दुईवटा भवन निर्माण सम्पन्न भएका छन् ।

अर्को दुई तले भवन जिल्ला शिक्षा कार्यालय झापाको सहयोगमा बनाइएको छ ।