१६ कार्तिक २०८३, सोमबार

पुनर्स्थापना माग्दै बर्दियाका बाढीपीडितले गरे राजमार्ग अवरुद्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Badhi-pidit-sadak-jam-bardiya

– सुदीप अधिकारी
बर्दिया, १५ चैत । सरकारले अझै पनि आफूहरुलाई पुर्नस्थापना नगरेको भन्दै बर्दियाका बाढीपिडीत आन्दोलनमा उत्रेका छन् ।

उनीहरुले सोमबार बबई नगरपलिका– ६ सैनवारमा पूर्वपश्चिम राजमार्ग र नेपालगंज–गुलरिया सडक करिव ३ घण्टा अवरुद्ध गरे ।

बाढीपिडीतले राजमार्ग अवरुद्ध गरेपछि केहीबेर राजमार्गमा तनाव उत्पन्न भएको थियो । सडक खुलाउने प्रहरीले बल प्रयोग गर्दा भुरीगाउँ बजार नजिक सडक आन्दोलनमा उत्रिएका ३ जना बाढीपिडीत घाईते भएको बबई बाढीपिडीत अध्यक्ष दिल कुमारी थारुले बताइन् ।
सदरमुकाम गुलरियामा सडक आन्दोलनमा उत्रिएका १२ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

दिउसो १२ बजेदेखि राजमार्ग अवरुद्ध गरी बाढीपिडीतहरु राजमार्गमै बसेर नाराबाजी गरेका थिए । पुर्नस्थापना र राहतको माग गर्दै बाढीपिडीतले आइतबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए ।

पटकपटक ध्यानाकर्षण गराउँदा पनि प्रशासनले सुनुवाई नगरेपछि आफुहरु बाध्य भएर सडक आन्दोलनमा उत्रनु परेको बाढीपिडीत हरी लम्सालले बताए ।