बुटवल, १५ चैत । बुद्ध जन्मस्थल लुम्विनी सहित आर्थिक पुर्वाधार सहित प्रयाप्त सम्भावना भएकाले रुपन्देहीमा प्रदेश नम्वर ५ को राजधानी राख्नुपर्नेमा यस क्षेत्रका आर्थिक सरोकारवालाहरुले जोड दिएका छन ।
बुद्धजन्म स्थल, भैरहवामा अन्र्तराष्टिय बिमान स्थल, बुटवल भैरहवा ६ लैण्ड सडक, बुटवलमा अन्र्तराष्टिय सभा गृह , कृषि थोक बजार केन्द्र, शिक्षा, स्वास्थ्य, यातायात, औद्योगिक क्षेत्र लगायतका बिशेष आयोजना रुपन्देहीमा रहेकाले ५ नम्वर प्रदेशको राजधानि रुपन्देही बनाउनु पर्ने सरोकारवालाहरुको धारणा रहेको छ ।
बुटवल उद्योग वाणिज्य संघको २३ औं सल्लाहकार सभा उदघाटन कार्यक्रममा संघका अध्यक्ष महेशमान सिंहले बुटवलमा रहेको पुर्वाधार र आगामी योजना सहित प्रदेशको राजधानि बनाउन राख्नु भएको प्रस्ताव र सहयोगलाई कार्यक्रमका सहभागि सबैले स्वागत सहित समर्थन गरेका थिए । बुटवल प्रयाप्त सम्भावन बोकेको क्षेत्र हो यहा राजधानि बनाउदा अहिले पनि धेरै पुर्वाधार बनेका छन र अव कम पुर्वाधार बनाएर राजधानि सञ्चालनमा ल्याउन सकिन्छ अध्यक्ष सिंहले भन्नु भयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डीराज ढकालले स्थानिय संघ सस्थासंगको समन्वयमा राजनीतिक दलहरुको समर्थनमा बुटवललाई संघिय प्रदेशको राजधानि बनाउन नेतृत्वदायि भुमिका निर्वाह गर्न बुटवल उद्योग वाणिज्य संघलाई सुझाव दिनु भयो ।
पुर्व अध्यक्ष ढकालले नया संबिधान पछी पनि आर्थिक बिकास र समृद्धिका लागि लगानी मैत्री र लगानीमा सुरक्षाको प्रत्याभुति हुन नसकेको चिन्ता ब्यक्त गर्दै सरकार र सबै राजनीतिक दलहरुलाई र्आिर्थक समृद्धिका लागि एकबद्ध हुन आग्रह गर्नु भयो ।
कार्यक्रममा बोल्दै संघका पुर्व अध्यक्ष अर्जुनमान सैजुले संघले स्थापनाकाल देखि नै सामाजिक क्षेत्रमा लगानी गरेकाले बुटवलमा निजी क्षेत्रको ठुलो लगानी भएको उल्लेख गर्दै संघिय राजधानिका लागि सामुहिक पहल गर्नुपर्ने बताउनु भयो ।
सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राज बहादुर क्षेत्री र तिलोत्तमा उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्ण प्रसाद शर्माले यस क्षेत्रको पर्यटन, औद्योगिक क्षेत्र र पुर्वाधार बिकासमा बुटवललाई नेतृत्वदायि भुमिका निर्वाह गर्न आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठ, पुर्व अध्यक्ष नवराज श्रेष्ठ, निर्मल प्रसाद लाकौल, हिरा प्रसाद श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष खिम बहादुर हमाल, महासचिव हरि प्रसाद अर्याल, मोवाइल समितिका सभापति एम एल पाण्डे, प्राध्यापक आनन्दमान सिंह शाक्य, इञ्जिनियर रतनलाल अग्रवाल लगायतले बोल्नु भएको थियो ।













प्रतिक्रिया