१ कार्तिक २०८३, आइतबार

आफ्नो गाउँ आफै बनाउ, निजी लगानीमा ३ किलोमिटर मोटरबाटो निर्माण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sadak-Pachthar (3)

– कृष्ण ओझा
पाँचथर, १५ चैत । पाँचथर भारपा गाविस–५, स्थायी घर भई साउदी अरेबियामा ‘अन्नपूर्ण गेष्ट हाउस’ सञ्चालन गर्ने युवाले आफ्नै लगानीमा आफ्नै गाँउमा ३ किलोमिटर मोटरबाटो निर्माण गरेका छन् ।

दुई दशकभन्दा बढी समय गाँउको प्रधानपञ्च चलाएका होमप्रसाद यवाका नाति श्रीप्रसादले मेची राजमार्गको डोपकिले नजिकैदेखि आफुले अध्ययन गरेको मानेडाँडा निम्न माध्यमिक विद्यालय सम्म ३ किलोमिटर भन्दा बढि मोटरबाटो खनेका हुन ।

१० बर्ष भन्दा बढी समयदेखि साउदी अरेवियामा रहेका श्रीप्रसादले २० लाख रुपैँया लगानी गरी मोटरबाटो निर्माण गरेका हुन् । “हाम्रो पिछडिएको क्षेत्रमा स्थानीय युवाले निजी लगानीमा मोटरबाटो खन्दा हामी खुसी नहुने कुरै रहेन ।’ मोटरबाटो निर्माण सम्पन्न भएपछि स्थानीय यादव पौडेलले भने– तीन किलोमिटर बाटो निजीलगानीमा निर्माण गर्नु सामान्य कुरा होइन् । बाटो निर्माण भएपछि स्थानीयवासी हर्षित भएका छन् । सबै स्थानीयलाई सुविधा पुग्नेगरी मोटरबाटो खन्दा खुसी लागेको स्थानीयले बताए ।

ब्यक्तिगत लगानी भारपा ५ डोब्किलेबाट मानेडाँडा सम्म पुग्ने तीन किलोमिटर सडक निमार्णका लागि २० लाख रुपैया खर्च भएको छ । साउदीमा रहेका श्री यवाका नाताले भाई पर्ने राजेन्द्र आङदेम्बेका अनुसार यवाले पठाएको रकम परिचालन गरेर बाटो निर्माण गरिएको हो ।

Sadak-Pachthar (1)

दाईले पटक पटक गरेर २० लाख रकम सडक निर्माणका लागि पठाउनुभएको हो । राजेन्द्रले भने–सोही रकमबाट स्काइभेटर प्रयोग गरी सडक निर्माण गरिएको हो ।

गाउँमा पहिलो पटक फागुन १७ गते स्काइभेटर प्रबेश गरेको थियो । सुरुमा सडक लैजाने भन्दा स्थानीयले बिस्वास नै गरेका थिएनन । राजेन्द्रले भने–दाइले पैसा पठाउने र मैले यहा परिचालन गर्दै बाटो निर्माण हुन थाले पछि स्थानीयले समेत साथ दिए ।

एक महिनाको काम पछि तोकिएको स्थानमा सडक पुर्याइएको हो । मानेडाडा निमाबि सम्म सडक पुर्याउने उदेश्यले थालिएको काम सोमबार पुरा भए पछि जिल्लामा क्रियाशिल पत्रकारहरुको उपस्थितिमा उद्घाटन गरिएको छ । सोमबार बाट सो सडकमा नियमित यातायात सुरु भएको छ ।

सडक पुगेपछि स्थानीय २ सय परिवारलाई यातायातमा सहज भएको छ । सडक सञ्जालको बिकास संगै स्थानीयले उत्पादन गरेको कृषि उपजको निकासीमा समेत सहज भएको बताएका छन ।

बिद्यालयसंगै गाउँलाई सहयोग गरेको हुँ मानेडाडा निमाबिमा यवाले कक्षा ८ सम्म अध्ययन गरेका हुन । आफुले अध्ययन गरेको बिद्यालयको भवन निर्माणका क्रममा सामग्री पुर्याउन समस्या भएको भन्दै यवाले सडक निर्माण गरिदिएको यवाले बताए ।

गाउँलाई पनि फाइदाको कुरा हो । उनले टेलिफोनमा भने–बिद्यालयमा सडक पुगेपछि अव नयाँ भवन निर्माणमा कुनै समस्या नहुने बुझेर नै सहयोग गरेको हुँ । कच्चि सडक निर्माण पुरा भएसंगै सडकको स्तर उन्नतीमा पनि सहयोग गर्ने लक्ष्य छ ।

Sadak-Pachthar (2)

मेची राजमार्ग नजिकै रहेको भए पनि आपतकालिन अवस्थामा आधारभुत सेवा लिन समेत समस्या रहेको सो क्षेत्रमा अव न्युनतम एम्बुलेन्स सम्म पुग्ने भएको छ ।

कोही बिरामी भए बोकेर सडक सम्म लैजानु पर्ने बाध्यता थियो । यवाले भने–सडक पुगेपछि कम्तिमा अरु सेवाहरु पनि बिस्तारै बिकास हुनेछन ।

गाउँको सेवाका लागि अरु कसैसंग पहल नगरी काम थालेको भए पनि काम चल्दैगर्दा धेरैले सहयोगको बचन दिएको यवाले बताए । युवा संघ नेपाल पाँचथरका सचिवालय सदस्य राजेन्द्र आङदेम्बेमार्फत काम गराउँदै आएका छन ।

बिदेशमा रहेर पनी स्वदेश बिकास र देशभक्तीमा लाग्ने यूवाहरु पाईएको साथै आफूले पनी बाटो निमार्ण भईरहेको देखेको प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरेले बताए ।