काठमाडौं, १४ चैत । भारतमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले चामत्कारिक जित हात पारेको छ ।
समूहको शीर्ष स्थानमा रहेको वेष्टइण्डिजलाई ६ रनले हराउँदै आफगानिस्तानले अन्तिम खेलमा जित हात पारेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १२३ रन बनायो । उसका लागि नाजिमुल्लाह जर्दानले सर्वा्धिक नटआउट ४८ रन बनाए ।
१२४ रनको लक्ष्यसहित मैदानमा उत्रिएको वेष्टइण्डिज पुरै २० ओभर खेलेर ८ विकेट गुमाउँदै ११७ रनमा समेटियो । वेष्टइण्डिजलाई सस्तैमा समेट्न अफगानिस्तानका लागि मोहम्मद नाबी र रासिद खानले २–२ विकेट लिए ।
















प्रतिक्रिया