१ कार्तिक २०८३, शनिबार

चारै खेल जित्दै न्युजिल्याण्ड सेमिफाइनलमा, ७५ रनले हार्यो बंगलादेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ICC World Twenty20 India 2016:  Bangladesh v New Zealand, Kolkata

काठमाडौं, १३ चैत । समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई ७५ रनले हराउँदै न्युजिल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । यो जित सँगै चार खेल खेलेको न्युजिल्याण्डले चारै खेलमा जित हात पारेको छ ।

कोलकाताको इडन गार्डनमा टस जितेर व्याटिङ गरेको न्युजिल्याण्डले ८ विकेट गुमाउँदै निर्धारित २० ओभरमा १४५ रन बनाएको थियो ।

न्युजिल्याण्डले प्रस्तुत गरेको १ सय ४६ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेश १५.४ ओभरमा ७० रन बनाउँदा सबै विकेट गुमायो ।

बंगलादेशका लागि सुभगाता होमले सर्वाधिक १६ रन बनाए भने मोहमद मिथुन र सबिर रहमानले क्रमशः ११ र १२ रन बनाए । न्युजिल्याण्डका लागि ग्रान्ट इलियट र इश सोधीले ३–३ विकेट लिए ।

न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले सर्वाधिक ४२ रन बनाए भने कोलिन मुनरोले ३५ रन जोडे । त्यस्तै रस टेलरले २८ रन थपे ।

बंगलादेशका लागि मुस्तफिजुर रहमानले ५ विकेट लिए भने अल अमिन होसेनले २ विकेट लिए । कप्तान विलियम्सन प्लेयर अफ द म्याच चुनिए ।

यो समूहबाट अष्ट्रेलिया र भारत समान ४–४ अंकसहित सेमिफाइनल प्रवेशका लागि आइतबार एक आपसमा भिड्दै छन् । जित्ने टिम समूह उपविजेता बन्नेछ ।