१ कार्तिक २०८३, आइतबार

लुम्बिनी-स्वर्गद्वारी पर्यटकको नयाँ गन्तब्य (फोटो फिचर)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

,naya gantabey tourism news (7)

भैरहवा, १३ चैत । विश्व पर्यटनको केन्द्र लुम्बिनीदेखि स्वर्गद्वारीसम्म पर्यटकहरुको लागि नयां गन्तब्य बन्ने निचोडसहित सोटोको फार्म टुर सम्पन्न भएको छ ।

सोसाइटी अफ ट्राभल्स एण्ड टुर अपरेशन नेपाल (सोटो) ले सन्चालन गरेको टुर अपरेटर तथा पर्यटन क्षेत्रका विज्ञहरुको टोलीले सो निश्कर्ष निकालेको हो ।

चैत्र ५ गते रुपन्देहीको लुम्बिनीदेखी यात्रा शुरु गरेको टोली पाल्पाको सिद्धबाबा, तानसेन, रिडी हुदैं गूल्मीको तम्घास, रेसुंगा पुगेको थियो । लुम्बिनीमा सिद्धार्थ ट्राभल्स एण्ड टुर एजेन्ट (साटा) ले फार्म टुरको टोलीलाई आतिथ्यता प्रदान गरेको थियो भने फार्म टुरको शुभाराम्भ एमालेका नेता तथा पर्यटन विभाग प्रमुख सूर्य थापाले गरेका थिए । टोलीलाई तानसेनमा होम स्टे सन्चालनका राष्ट्रिय सन्जालले र नेशनल ट्राभल एण्ड टुर एजेन्टको आतिथ्यतामा पन्चेबाजा सहित भब्य स्वागत गरिएको थियो । गुल्मीको तम्घासमा जिविसले आतिथ्यता प्रदान गरेको टोलीको हौसला बढाउन पुर्व पर्यटन तथा संस्कृति मन्त्री प्रदीप ज्ञवाली सरिक भएका थिए । त्यसपछि अघाखाचीको सुपादेउराली हुदैं सन्धिखर्कमा पुगेको टोलीलाई अर्घाखाची जिविस र पत्रकार महासंघ अर्घाखाचीले आतिथ्यता प्रदान गरयो । त्यसपछि अर्घाखाँचीको नरसिंह स्थान हुदैं प्युठानको सौतामारे टोली पुगेको थियो ।

naya gantabey tourism news (3)

सौतामारेबाट प्यूठानमो मच्छी हुदैं स्वर्गद्वारी पुगेर पुनः सदरमुकाम आई फार्म टुर समापन भएको हो । समापन समारोहलाई प्युठानमा सम्बोधन गर्दै पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलले लुम्बिनीदेखी स्वर्गद्वारी सम्मको नयां पर्यटकीय गन्तब्यले आन्तरिक पर्यटन र बाह्य पर्यटन प्रबद्र्धनमा विशेष टेवा पुग्ने जनाउदै आयोजकलाई बधाई ज्ञापन गरेका थिए । फार्म टुरमा पर्यटनमन्त्री आनन्द पोखरेल, पुर्व पर्यटन मन्त्री प्रदीप ज्ञवाली, एमाले नेता तथा पर्यटन विभाग प्रमुख सुर्य थापा, नाटाका वरिष्ठ उपाध्यक्ष सि.एन पाण्डे, सोटोका अध्यक्ष यम बहादुर खड्का, साटाका अध्यक्ष सागर अधिकारी, पर्यटन बोर्डका सदस्य राजेन्द्र सापकोटा, होम स्टे सन्जालका धनेश्वर बस्याल, पर्यटन पत्रकार संघ (जाट) का सचिब हरिशरण न्यौपाने, पर्यटन पत्रकार मन्चका केन्द्रिय संयोजक रामेश्वर कार्कि, लुम्बिनी कार्यक्षेत्र भएका पत्रकारहरु प्रदीप आचार्य, नरेश केसी, विपी गौतम र सोटो आवद्ध १४ जना टुर अपरेटरहरुको सहभागीता रहेको थियो ।

naya gantabey tourism news (1)

यसैबीच फार्म टुरको टोलीले पाल्पाको नुवाकोटमा पत्रकार सम्मेलनगरी लुम्बिनीदेखी स्वर्गद्वारी नयां गन्तब्यको सन्दर्भमा ११ बूदें प्रस्ताव सार्वजनिक गरेको छ । नुवाकोट संरक्षण विकास समितीका अध्यक्ष तथा पर्यटन व्यवसायी माधव नेपालको अध्यक्षता, एमाले पर्यटन विभाग प्रमुख सुर्य थापाको प्रमुख आतिथ्यता तथा नाटाका वरिष्ठ उपाध्यक्ष सिएन पाण्डे, साटाका अध्यक्ष सागर अधिकारी, नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति शेर बहादुर के.सी, पर्यटन बोर्डका सदस्य राजेन्द्र सापकोटा लगायतको आतिथ्यतामा पत्रकार सम्मेलनगरी ११ बुदें नयां गन्तब्यको निचोड र सो गन्तब्यको क्रममा आइपर्ने समस्याका बारेमा जानकारी गराउदैं सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो ।

naya gantabey tourism news (4)

फार्म टुरको टोलीले ११ प्रस्तावहरुमा (१) लुम्विनीको प्रचारप्रसार जुन ढंगले भइरहेको छ त्यस ढंगले लुम्विनी क्षेत्रको बस्ती ब्यवस्थापन, सडक, पुल, खानेपानी, होटल तथा रेष्टुरेन्ट लगायतका पूर्वाधारहरु अत्यन्तै कमजोर देखिएकाले छिटो छिटो भन्दा पूर्वाधारहरुको विकासमा ध्यान दिन जरुरी देखिएको छ । (२) लुम्विनी गुरुयोजना छिटो सम्पन्न गरि लुम्विनी वारिहको दश किलोमिटर क्षेत्रलाई समेटेर तयार भएको लुम्विनी शान्ति शहरको गुरुयोजनालाई अविलम्ब कार्यान्वयनमा लैजानु पर्ने देखिन्छ ।

(३) लुम्विनी क्षेत्रमा रहेका ताल तलैया,स्थानीय सांस्कृतिक सम्पदाहरुको संरक्षण गरि होम स्टेहरुको प्रवन्ध गर्नुपर्ने देखिन्छ । (४) लुम्विनी आउने पर्यटकलाई गर्मी मौसममा शीतल र जाडो मौसममा न्यानो घामको अनुभूति गराउन नजिकै रहेका पहाडी जिल्लाहरुको भ्रमण गराउन सके पर्यटकहरुले कैंयौं रात यस क्षेत्रमा विताउन सक्छन् भन्ने हाम्रो निष्कर्ष छ ।

naya gantabey tourism news (10)

(५)बुटवलको विकास र पूर्वाधारहरुको निर्माण जुन गतिले भइरहेको यससंगै यहां वरिपरि रहेका पर्यटकीय गन्तब्यहरुको पूर्वाधार विकास पनि त्यही ढंगले हुनुपर्ने हाम्रो मान्यता छ । ऐतिहासिक जितगढी किल्ला आसपासको पुरानो बटौलीलाई ऐतिहासिकता झल्किने पुरानै वजारको रुपमा विकास गर्ने र त्यहां गल्लाका सामान, पुराना घरायसी सामग्रीहरुको प्रदर्शन,डोको नाम्लो,कुचो,पहाडतिर निर्माण हुने घरेलु सामग्रीहरुको ब्यापार गर्ने वजारकै रुपमा विकास गर्न सके पर्यटकको लागि आकर्षणको केन्द्र बन्न सक्छ ।

(६) नजिकै रहेको सिद्धवावा क्षेत्रमा रक क्लाइम्विड्., तिनाउमा बन्जि,साइकिलिङ, नुवाकोट र वसन्तपुरमा टे«किड.्को समेत प्रबन्ध गर्न सकिन्छ । पाल्पाको मगर वस्तीहरुमा होम स्टे निर्माणलाई तीव्रता दिएर स्थानीय संस्कृतिहरुको प्रदर्शनलाई प्राथमिकता दिनुपर्ने जरुरी देखिन्छ । (७) रानीमहल पुग्ने सडकको स्तरोन्नती गरि त्यस क्षेत्रलाई क्याम्प फायर गन्तब्यकै रुपमा विकास गर्न सकिन्छ ।

naya gantabey tourism news (13)

(८) गुल्मीको रिडीको महत्वलाई अझ धेरै प्रचारप्रसार गरि पूर्वाधारहरुको विकास,निर्माणाधिन तीनमुखे झोलुंगे पुललाई पर्यटकीय दृष्टिले आकर्षक बनाउने, रेसुङ्गामा पूर्वाधार विकास गर्ने, अर्घाखांचीको सुपा देउराली र नरपानी क्षेत्रमा रिसोर्ट,होम स्टे सञ्चालन गर्ने,नरपानी देखि पणेनासम्मको ट्रेकिङ रुटलाई थप ब्यवस्थित गर्ने,डमरु दहको संरक्षण गरि पानीको सतह बढाउने, गाउंगाउंमा बृक्षरोपण र पोखरी निर्माण गरेर हरियाली बनाउने, अर्घाखांचीकै नरसिंह स्थान जाने सडक विस्तार गरि पूर्वाधाहरुको निर्माणमा जोड दिने, प्युठानको सौतामारे क्षेत्रमा स्थानीयले बनाउन खोजेका ताल, पोखरी र होम स्टेलाई प्रोत्साहन गर्ने, (९)लुम्विनी आउने पर्यटकलाई स्वर्गद्धारीसम्म पुर्याउन छोटो रुटको खोजी गर्ने,स्वर्गद्धारीमा रिसोर्ट लगायतका पूर्वाधारहरु बनाउने, (१०) अर्घाखांची,गुल्मी र पाल्पाका पर्यटकीय स्थलहरुलाई एउटै रुटमा घुम्न मिल्ने गरि ट्रेकिङ,वाइकिङ र साइक्लिनिङ रुटको पहिचान गर्ने, (११) लुम्विनी क्षेत्रका विभिन्न भ्रमण प्याकेजहरु तयार गर्न यहांको नीजि क्षेत्र र स्थानीय सरकारी कार्यालयहरुवीच समन्वय गर्नुपर्ने देखिन्छ ।

फार्म टुरको टोलीले लुम्बिनी आउने बाह्य तथा आन्तरिक पर्यटकलाई लुम्बिनी भ्रमण पश्चात सोही दिन पाल्पाको सिद्धबाबा, तानसेन पुराउने । अर्कोदिन भैरवस्थान रिडी हुदैं रेसुंगा र भाडागाऊ र अर्खलेमा हुने होमस्टे तथा तम्घासमा बसाली अर्कोदिन अर्घाखाचीको सुपादेऊराली हुदै सन्धीखर्क हुदैं नरसिंहस्थान बसाल्ने र अर्कोदिन प्यूठानको सौतामारेमा होमस्टे बसाली विहान ओखरकोटका होम स्टेमा ब्रेक फास्ट गराई साझं स्वर्गद्वारी र अर्कोदिन खलंगा मल्लरानीबन, सारीबांग , झिमरुक जलविद्युत योजना अवलोकन पश्चात दांग र कपिलवस्तुको यात्रा पश्चात रुपन्देहीको फुलबारी हुदैं पाल्पाको नुवाकोटमा गई एकहप्ते यात्रा तय गर्न सकिने निचोड निकालेको फार्म टुरका सहभागी सदस्य पत्रकार प्रदीप आचार्यले जनाए ।

naya gantabey tourism news (2)   naya gantabey tourism news (5) naya gantabey tourism news (6) naya gantabey tourism news (8) naya gantabey tourism news (9)  naya gantabey tourism news (11) naya gantabey tourism news (12)  naya gantabey tourism news (14) naya gantabey tourism news (15) naya gantabey tourism news (16) naya gantabey tourism news (17) naya gantabey tourism news (18)