१ कार्तिक २०८३, आइतबार

प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्र विस्तार निश्चितः मन्त्री पाण्डे

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

som parsad pandey

– विकाश पराजुली
बुटवल, ११ चैत । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले रुपन्देहीको मोतिपुरमा प्रस्तावित औद्योगिक क्षेत्र विस्तार हुने निश्चित भएको बताएका छन् ।

उनले मन्त्रिपरिषदको निर्णय भइसकेकाले अब काम छिट्टै सुरु हुने समेत बताए । विहीबार मोतिपुर औद्योगिक क्षेत्रको अवलोकन तथा स्थानियबासीलाई जानकारी दिदै मोतिपुर सँगै देशका ७ वटै प्रदेशमा औद्योगिक क्षेत्र बन्ने निश्चित भएको बताए । उनले भने–“औद्योगिक क्षेत्रको विस्तार सँगै अब मुलुक आर्थिक समृद्धि तर्फ जानुपर्छ, त्यसैको नमुना हो मोतीपुर औद्योगिक क्षेत्र ।” उनले भने–“ चैत १ गते मन्त्रीपरिषद्बाट निर्णय भइसकेको छ, अब निर्माणको काम सुरु हुनेछ ।”

moti pur

उनले देशमा बन्न लागेका ७ प्रदेश मध्येको एउटा औद्योगिक क्षेत्र मोतिपुर रहेको बताए । उनले अबको विकास भनेको आर्थिक विकास नै रहेको भन्दै त्यसैलाई आत्मसाथ गर्दै न्युनत्तम एक प्रदेश एक औद्योगिक क्षेत्र विस्तारको योजना अनुसार काम भइरहेको बताए ।

करिव ९ सय विगता क्षेत्रफलमा मोतीपुर औद्योगिक क्षेत्र विस्तार हुनेछ । कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकाल, नेकपा एमालेका केन्द्रीय सदस्य लिला गिरी, बुटवल उद्योग बाणिज्य संघ, व्यापार संघ, रुपन्देही उद्योग लगाएतका विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको समेत उपस्थिती रहेको थियो ।