काठमाडौं, ११ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आफ्ना केन्द्रीय नेताहरूको जिम्मेवारी व्यापक हेरफेर गरेको छ ।
पाँच दिनसम्म चलेर आज सम्पन्न विप्लव माओवादीको केन्द्रीय कार्यसमितिको बैठकले उपत्यका ईञ्चार्जबाट खड्गक विश्वकर्मा ‘प्रकाण्ड’लाई हटाएको छ । विश्वकर्माकालाई उत्यका ईञ्चार्जबाट हटाउनुको कारण केही बताइएको छैन ।
उच्च स्रोतका अनुसार विश्वकर्मालाई पार्टीको नीति कार्यक्रम र संगठनात्मक कार्यका लागि उपत्यका ईञ्चार्जबाट हटाइएको हो । उपत्यका ईञ्चार्जमा जनसरकार प्रमुख सन्तोष बुढामगरलाई दिइएको छ ।
स्रोतका अनुसार विश्वकर्मासहितका नेताहरूले आ–आफ्नो जिम्मेवारी पूर्णरुपमा गर्न नसकेपछि हेरफेर गरिएको स्रोतको भनाइ छ । बैठकले थुप्रै नेताहरूको जिम्मेवारी हेरफेर र कटौती गरेको छ ।
विप्लव माओवादीले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने निर्णय पनि गरेको छ । प्रदर्शनको तयारी स्वरुप चैतको अन्त्यमा धक्का दिने गरेर कार्यक्रम गर्ने निर्णय गरेको स्रोतको भनाइ छ ।
वर्गसंघर्षलाई अगाडि बढाउने निर्णय गरेको विप्लव माओवादीले पार्टीको सबै उपब्यूरोहरू खारेज गरेको छ । उसले आगामी दुई वर्षभित्र पार्टीलाई निर्णायक शक्तिमा बदल्ने निर्णय गरेको एक नेताले बताए ।
बैठकले जनयुद्धकालीन इलाकाहरूलाई आफ्नो पक्षमा बनाउने निर्णय पनि गरेको छ ।












प्रतिक्रिया