१ कार्तिक २०८३, आइतबार

महिला श्रमिकहरुको हितमा कानुन बनाउन माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahila

काठमाडौं, ११ चैत । संशोधनको क्रममा रहेको श्रम ऐन २०४८ मा अनौपचारिक क्षेत्रमा कार्य गर्ने महिला श्रमिकहरुको हक अधिकारको बारेमा पनि कानुन बनाउन माग गरिएको छ ।

मनोरन्जन क्षेत्रमा कार्यरत महिला श्रमिकहरुले आज राजधानीमा भएको अन्तक्रिया कार्यक्रममा काममा सुरक्षासहितको कानुन माग गरेका हुन् । महिलाका निम्ती महिला मञ्च नामक संस्थाले गरेको अन्तक्रिया कार्यक्रममा मनोरन्जन क्षेत्रमा कार्यगर्ने महिला श्रमिकहरुले अहिले पनि आफूहरुको जिउधनको सुरक्षा नभएको, प्रहरी तिर आफुमाथि भएको घटनाको उजुरी लिएर जादा उल्टै हामीलाई नराम्रो शब्द प्रयोग गर्ने, रेष्टुरेन्ट डान्सबार र दोहोरी साँझका साहुहरुसँग प्रहरी मिल्ने र हाम्रो समस्या सामाधान नहुने कार्यक्रमा उपस्थित श्रमिक महिलाहरुले बताएका छन् ।

mahila-1

साथै राज्यले पनि हामीलाई अपहेल्नाको श्रेणीमा राखेको कारण आज हामीले समस्या भोग्नु परेको उनीहरुको गुनासो रहेको छ । कार्यक्रममा श्रमऐनमा रहेको त्रुटिको बारेमा सर्वोच्चका अधिवक्ता रत्नेश्वर प्रसाद शर्माले जानकारी गराउनु भएको थियो ।

कार्यक्रमा उपस्थित अधिकाश महिला श्रमिकहरुले आफूहरुले श्रम गरेबापतको तलब नपाएको गुनासो राख्नुको साथै राज्यले नै हाम्रो पक्षमा बोलियो कानुन बनाएर नियुक्तिपत्र दिने र सम्मानपूर्वक जिवनयापन गर्न वातावरण तयार पार्नुपर्ने कुरामा जोड दिएका थिए ।

महिलाका निम्ती महिला मञ्चकी अध्यक्ष कविता रानामगरले शंशोधनको क्रममा रहेको श्रम ऐनले केही बुँदा आफूहरुको पक्षमा ल्याउने र यसो भएन भने आन्दोलनमा उत्रिने बताउनुभयो । काठमाडौं भक्तपुर र ललितपुर गरेर करिब ४० हजार महिला श्रमिक दोहरी, रेष्टुरेन्ट मसाजपार्लर र डान्सबारमा कार्यरत रहेका सञ्चार संयोजक रसना ढकालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।