रोल्पा, ११ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले अब समग्र देशको उज्जवल भविष्य एमालेमाथि रहेको बताउनु भएको छ ।
प्रेस चौतारी नेपाल जिल्ला शाखा रोल्पाले बिहीबार गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले नेपाली जनताको खुशीको लागि एमालेले जस्तोसुकै कदम पनि चाल्ने बताउनुभयो ।
नेता नेपालेले सविधांन जारी भएदेखि कार्यान्वयनको अवस्थासम्म एमालेले महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । मधेशको आन्दोलन मधेसी जनताले गरेको आन्दोलन नभई केही सिमित ब्यक्तिहरुको स्वार्थको लागि भएको उहाँको भनाई छ ।
अहिलेको सरकारप्रति विभिन्न दलहरुको आलोचना खण्डन गर्दै सबै दलहरु एमाले नेतृत्वको सरकारप्रति सन्तष्ट रहेको जिकिर गर्नुभयो ।













प्रतिक्रिया