२५ कार्तिक २०८३, बुधबार

चीनसँगको सम्झौतापछि दक्षिणबाट आयो अर्काे कडा प्रतिक्रिया, मुनी आत्तिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

India-Flag

काठमाडौं, १० चैत । नेपाल र चीनबीच १० बुँदे सम्झौता र १५ बुँदे संयुक्त विज्ञप्ति जारी भएपछि आत्तिएको दक्षिण छिमेकी भारतका अधिकारीले कडा प्रतिक्रिया जनाएका छन् ।

मंगलबार मात्रै भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले नेपाल र भारतको सम्बन्ध अरु कसैसँग तुलना गर्न नमिल्ने र नेपालमा भारतको भाग कसैले खोस्न नसक्ने बताएका थिए । उनले चिनियाँ सम्झौताबाट भारतलाई कुनै असर नपर्ने दाबी समेत गरेका थिए ।

स्वरुपले यसो भनेको २४ घण्टा नवित्दै भारतीय विश्लेषक तथा नेपाल मामिला जानकार प्राध्यापक एसडी मुनी पनि नेपाल र चीनबीच भएको सम्झौताबाट आत्तिएको देखिएका छन् ।

यसैक्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली भ्रमणका क्रममा चीन र नेपालबीच भएका सम्झौताबाट धेरै उत्साहित हुन आवश्यक नभएको उनले टिप्पणी गरेका छन् ।

ओलीको भ्रमण र सम्झौताबाट नेपालीहरु हौसिएको प्रति टिप्पणी गर्दै एसडी मुनीले सैद्धान्तिकरुपमा तथा प्रातिकात्मक हिसावले चीन भ्रमणको उपलब्धी उचो देखिएपनि ब्यवहारिक प्राप्तिका हिसावले निक्कै होंचो रहेको भनेका छन् ।

प्राध्यापक मुनीले चीनले नेपालसँग सम्बन्ध राख्दा भारतको संवेदनशीलता ख्याल राख्ने र सीमा बुझ्ने पनि दावी गरेका छन् । नेपालको दीर्घकालीन हितका लागि काम गर्न नेपालले क्षेत्रीय हितको दृष्टिले हेर्नुपर्ने उनको भनाइ छ ।

SD-Muni-Twitt-on-Oli-China-visit