२५ कार्तिक २०८३, बुधबार

३० लाख धरौटी बुझाएर ल्यारक्याल रिहा, वैदेशिक रोजगार विभागप्रति किन आक्रोसित ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

larhkyal-lama-1000x0काठमाडौं, १० चैत । वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा पक्राउ परेका एकीकृत माओवादीका सांसद ल्हारक्याल लामा आज रिहा भएका छन् ।

वैदेशिक रोजगार विभागले माग गरेको ३० लाख रुपैयाँ धरौटी बुझाएर लामा रिहा भएका हुन् । बैंकको लकरमा गोली राखेको आरोपमा पक्राउ परेका लामालाई जिल्ला प्रशासन कार्यालयले गत चैत ८ गते मागेको ६६ हजार ७ सय ५० रुपैयाँ धरौटी भएका थिए ।

त्यसलगत्तै प्रहरीले वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा पक्राउ गरेको थियो ।

वैदेशिक रोजगार विभागमा धरौटी राखेर बाहिरिएलगत्तै उनले आफूमाथि अन्याय भएको प्रतिक्रिया दिए । उनले विभागले आफ्नो कुरा नसुनेको आरोप लगाउँदै पत्रकार सम्मेलन गरेर सबै कुरा सार्वजनिक गर्ने बताए ।