२५ कार्तिक २०८३, बुधबार

ब्रसेल्समा शक्तिशाली विस्फोटः ३१ जनाको मृत्यु, नेपालीहरु सुरक्षित (फोटो फिचर)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

This photo provided by Georgian Public Broadcaster and photographed by Ketevan Kardava, shows the scene in Brussels Airport in Brussels, Belgium, after explosions were heard Tuesday, March 22, 2016. A developing situation left a number dead in explosions that ripped through the departure hall at Brussels airport Tuesday, police said. All flights were canceled, arriving planes were being diverted and Belgium's terror alert level was raised to maximum, officials said. (Ketevan Kardava/ Georgian Public Broadcaster via AP)

ब्रसेल्स, ९ चैत । बेल्जियमको राजधानी सहर ब्रसेल्सको बिमानस्थल लगायतका ठाँउमा मङ्गलबार बिहान गराइएका शक्तिशाली विस्फोटमा परी कम्तिमा बीस जनाको मृत्यु भएको छ भने १०९ जना घाइते भएका स्थानीय नगर प्रमुख यभान मेइयूरले मालभिक स्टेशनको दृष्य बताउनुभयो ।

Belgium Attacks

घाइतेमध्ये कतिपयको अत्यन्तै गहिरा चोट लागेकोले मृतक सङ्ख्यामा अझै वृद्धि हुनसक्ने मेइयूरले बताउनुभयो ।

त्यस्तै, ब्रसेल्सको विमानस्थलमा भएका दुई अन्य विष्फोटमा ११ जनाको मृत्यु भएको र दुवै ठाउँमा गरी जम्मा ३१ जनाको मृत्यु भएको प्राप्त समाचारमा उल्लेख छ ।

Belgium Attacks

मङ्गलबार बिहान दुई वटा शक्तिशाली विस्फोट भएका थिए । विमानस्थलको टर्मिनल भवनबाट धुवाँ उडिरहेको र त्यस घर वरिपरिको वातावरण अत्यन्तै तनावपूर्ण रहेको जानकारी ब्रसेल्सका टेलिभिजनहरुले देखाएका थिए ।

विमानस्थलमा सङ्कटकालीन अवस्थाको घोषणा गरी व्यापक मात्रामा प्रहरी परिचालन गरी थप घटना हुन र घटनामा सम्लग्न समूहको खोजी जारी राखिएको छ ।

नेपालीहरु सुरक्षित
Belgium Attacksयसैगरी ब्रसेल्स क्षेत्रभित्र करिव ५ सय नेपालीहरु बसोवास रहेको बेल्जियमस्थित नेपाली दूतावासले जानकारी दिएको छ । दूतावास अधिकारीहरुका अनुसार अहिलेसम्म कोही पनि त्यसमा परेको खबर आएको छैन् ।

सबै नेपालीहरुसँग सम्पर्क गर्ने र गैर आवासीय नेपालीहरुमार्फत बुझ्ने कार्य भइरहेको छ । घटनास्थल वरिपरि नेपालीहरु बसोवास गरेता पनि घटनामा हताहत भएको हालसम्म कुनै जानकारी प्राप्त नभएको नेपाली दूतावास बेल्जियमका उपप्रमुख घनश्याम भण्डारीले बताए । उनले भने– ‘घटनामा कोही नेपाली पनि पर्यो कि भन्ने बारेमा बुझ्ने काम भइरहेको छ । यो घटनाले हामीलाई स्तब्ध बनाएको छ ।’

एनआरएनका अध्यक्ष गंगाधर गौतमले घटनाबाट आफू स्तब्ध भएको भन्दै नेपालीहरुलाई सहयोगको लागि सम्पर्कमा रहन भनेका छन् । उनले नेपाली हताहत भएको अहिलेसम्म जानकारी नआएको बताउँदै सहयोग गर्नुपरे तुरुन्त तयार रहेको जानकारी गराए । ब्रसेल्समा रहेका नेपाली तथा अन्य सर्वसाधारणहरु बाहिर निस्कन समेत डराएका छन् ।