२५ कार्तिक २०८३, बुधबार

‘चीनसँग इन्धन सम्झौताको ढोका खुल्यो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

MadhavKumarNepalदाङ, ९ चैत । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले नेपाल–चीन पारवहन सम्झौता भएसँगै इन्धन सम्झौताको ढोका खुलेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल दाङ शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले परनिर्भरताको अवस्थालाई बन्द गर्दै अबका दिनमा आफूहरू चीनसँग इन्धनलगायत सझौता गरी अगाडि बढ्न चाहेको बताउनुभयो ।

“हामी विकसित देशको अनुभव आदानप्रदान गरेर नेपाललाई विकसित बनाउन चाहान्छौँ”–नेपाली काँग्रेसलाई सरकारमा आउन आग्रह गर्दै पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, “सबैले मिलेर सरकार चलाउ, सक्रङ्मणकालको अन्त्य गरौँ ।” सबै दल सरकारमा सहभागी भएपछि संविधान कार्यान्वयनमा सहजता आउने उहाँको भनाइ छ ।

काँग्रेसमा नयाँ नेतृत्व आएसँगै सरकार परिवर्तनका स्वरहरु सतहमा आउन थालेको उल्लेख गर्दै नेपालले मुलुकमा उत्पन्न जटिलता समाधान खोज्ने बेलामा सरकार परिवर्तन गर्ने खेलमा काँग्रेस लाग्ने हो भने उसमाथि जनताको विश्वास टुट्ने बताउनुभयो । रासस