काठमाडौं, ९ चैत । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्किएपछि नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराउने विषयमा छलफल हुने बताउनुभएको छ ।
प्रेस चौतारी सल्यान शाखाले आज सदरमुकाम खलंगामा गरेको पत्रकार सम्मेलनमा नेता नेपालले देशको विकासका लागि सबै दलबीच सहकार्य र सहमति आवश्यक भएकाले कांग्रेस पनि सरकारमा सहभागी हुनुपर्ने बताउनुभयो । उहाँले कांग्रेसलाई पनि सँगै लैजाने क्षमता एमालेमा भएको दाबी गर्नुभयो ।
नेता नेपालले वर्तमान सरकारले नै स्थानीय निकाय र संसदको निर्वाचन गराउने पनि बताउनुभयो । अहिलेको सरकारमा सबै दललाई मिलाएर लैजाने क्षमता भएको उहाँको भनाइ थियो ।
अर्को एक प्रसंगमा नेता नेपालले प्रधानमन्त्रीको चीन भ्रमण सफल हुने बताउनुभयो । यसअघि भएको भारत भ्रमण पनि उपलब्धीमूलक भएकाले प्रधानमन्त्रीको चीन भ्रमण पनि उपलब्धीपूर्ण हुने उहाँको भनाइ थियो ।












प्रतिक्रिया