२५ कार्तिक २०८३, बुधबार

बेलायती राजकुमार ह्यारीले नेपालीसँगै मनाए होली, लमजुङका बालबालिकासँग भलिबलसमेत खेले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Xof/L ndh'ªdfdf a]nfotL /fhs'df/ x]g/L rfN;{ cNj6{ 8]le8 Xof/L] dªunaf/ ndh'ªsf] uf}F8f uflj;sf] uf}8fdf k'u]kl5 :yfgLojf;L / ljBfyL{n] :jfut ub}{ . tl:a/ M k|bLk/fh jGt, /f;;

लमजुङ, ९ चैत । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’ ले आज लमजुङमा होली खेलेका छन् । आपसी सद्भाव, मेलमिलाप र खुसीको पर्व फागूपूर्णिमाका अवसरमा अबिर रंग खेलेर ह्यारीले रमाइलो गरेका हुन् ।

लमजुङको गौडा गाविस समितिस्थित गाँडा माविको परिसरमा स्थानीयवासीसँग रंग खेलेर राजकुमार ह्यारीले हर्षोल्लासका साथ फागु पूर्णिमा मनाए । ह्यारीलाई स्थानीय पञ्चकञ्याले रातो अबिर लगादिएपछि होली खेल्ने कार्यक्रम सुरु भएको थियो ।

Xof/L ndh'ªdfdf a]nfotL /fhs'df/ x]g/L rfN;{ cNj6{ 8]le8 Xof/L] dªunaf/ ndh'ªsf] uf}8f dflj cf]v/]sf ljBfyL{;Fu elnan v]Nb} . tl:a/ M k|bLk/fh jGt, /f;;

पाँच दिने नेपाल भ्रमणका क्रममा राजधानी, बर्दिया हुँदै घना गुरुङ बस्तीको सो गाउँमा हिजो पुगेका ह्यारीले नेपाली लोकसंस्कृति र परम्परानुसार नै खुसियाली साटासाट गर्दै नेपालीको मन जित्न सफल भए ।

त्यसअघि ह्यारीले सूर्योदयको दृश्य अवलोकन गरेका थिए । त्यसैगरी गौडा माविका विद्यार्थीसँग भलिबलसमेत खेलेका थिए । राजकुमार ह्यारी अहिले पोखरामा छन् ।