२५ कार्तिक २०८३, बुधबार

मलेसियाबाट फर्किने बिदेशी कामदारमा नेपाली धेरै, झण्डै डेढ लाख कामदार कटौती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

malaysia-cities

– सुदिप निउरे
क्वालालम्पुर, ९ चैत । मलेसियाले बिदेशी कामदारको परनिर्भरतालाई लगातार रुपमा घटाउंदै लगेको छ ।

पछिल्लो एक महिनाको अन्तरालमा झण्डै एक लाख २७ हजार बिदेशी कामदार सरकारले कटौती गरेको छ । सबैभन्दा धेरै कटौती हुनेमा नेपाली छन् । ५३ हजार २५ जना नेपाली अघिल्लो महिनाको कुल संख्यामा कमी देखिन आएको हो ।

सरकारले एक महिना अघि बैधानिक कामदार २१ लाख ३५ हजार भएको तथ्यांक सार्बजनिक गरेको थियो । अहिले बैधानिक कामदार २० लाख ८ हजार मात्र भएको उपप्रधान तथा गृहमन्त्री दातुक सेरी अहमद जाहीद हमिदी बताए ।

मलेसियामा झण्डै ५५ लाख बिदेशी कामदार रहेको भनि बिभिन्न सरोकारवालाहरुले गर्दै आएको दाबीलाई सरकारले खण्डन गरेको छ । यो दाबीमा कुनै सत्यता नभएको भन्दै गृहमन्त्री हमिदीले गत जनवरी ३१ तरीख सम्मको पुत्राजय अध्यागमन बिभागले दिएको तथ्यांक बमोजिम २० लाख ८ हजार बैधानिक कामदार रहेको स्पष्ट पारे ।

अबैधानिक कामदार कति छन भन्नेबारेमा एकीन जानकारी सरकारसंग पनि छैन । बैधानिक कामदारकै हाराहारीमा अबैधानिक कामदार रहेको अनुमान बिभिन्न सरोकारवालाहरुले गर्दै आएका छन् । सन २०२० भित्र दुई प्रतिशत बिदेशी कामदार कटौती गर्ने मलेसियाको लक्ष्य छ ।

हालको १७ प्रतिशतको परनिर्भरतालाई १५ प्रतिशतमा झार्न सरकार लागी परेको छ । अबैधानिक कामदारमाथीको धरपकट तथा बैधानिक बन्न पाउने रिहायरिंग कार्यक्रम यस्का लागी सहयोग सिद्ध हुने मलेसियाले बिश्वास लिएको छ ।

स्थानिय नागरिकलाई रोजगारमा सामेल गराई बिदेशी कामदारको परनिर्भरतामा कमी ल्याउने सरकारले बताउंदै आईरहेको छ । मलेसिया सरकारले चाहे बमोजिम स्थानिय नागरिकले भने बिदेशी कामदारले गर्दै आएको काममा रुची राखेको पाईदैन ।

अत्याधिक बिदेशी कामदारका कारण स्थानिय नागरिकको रोजगारीमा ब्यापक असर परेको आवाज उठेपछि २ प्रतिशत बिदेशी कामदारप्रतिको परनिर्भरता घटाउन मलेसिया लागी परेको हो ।

यसैबिच मलेसियामा ईण्डोनेसियन कामदारको संख्या यसपाली पनि अग्रस्थानमा छ । दोस्रोमा नेपाल छ भने तेस्रो र चौथोमा क्रमश बंगलादेश र भारत छन् । कुल ८ लाख १९ हजार ७ सय ७३ ईण्डोनेसियन यहां बैधानिक तरिकाले काम गरीरहेका छन् ।

एक महिना अगाडीको तथ्यांक भन्दा ८ हजार ५ सय १० जना ईण्डोनेसियन कामदारको संख्यामा कमी देखिन आएको हो । यसैगरि पछिल्लो जानकारी बमोजिम ४ लाख ८३ हजार ९ सय ८ जना नेपाली मलेसियामा बैधानिक कामदारको सूचीमा छन् ।

एक महिना अगाडीको तुलनामा ५३ हजार २५ जना नेपाली बैधानिक कामदारको सुचिबाट हटेको देखिन्छ । उनीहरु स्वदेश फर्किएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।

नेपाली कामदारको यस तथ्यांकले पनि मलेसियामा आउने भन्दा स्वदेश फर्किने धेरै भएको पुष्टि गर्छ । मलेसियामा जति बैधानिक नेपाली कामदार छन उती नै संख्यामा अबैधानिक कामदार रहेको भन्ने गरिए पनि यस्को आधिकारिक पुष्टी गर्न मुस्कील छ ।

यद्यपी नेपाली कामदारको पहिलो रोजाईमा मलेसिया पर्ने गरेपनि अबका दिनमा त्यो सम्भब नहुने देखिएको छ । अधिकान्स नेपाली मलेसिया सरकारले कामदारलाइ सुरक्षा दिन असमर्थ रहेको आरोप लगाउँछन् ।

यस्तै २ लाख ७२ हजार ३६ जना बंगलादेशी कामदार अहिले मलेसियामा बैधानिक छन् । अघिल्लो महिनाको तथ्यांक भन्दा यो तथ्यांकमा १० हजार २ सय ५० जना घटेको देखिन्छ । यसैगरी म्यानमार, भारत, भियतनाम लगाएत मुलुकका कामदारको कुलसंख्यामा पनि गिरावट आएको छ ।