२५ कार्तिक २०८३, बुधबार

मैले पनि २२ दल मिलाएको हुँ, उहाँले पनि मिलाउनु हुन्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhav-kumar-nepalसल्यान, ९ चैत । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीको चीन भ्रमणपछि कांग्रेसलाई सरकारमा ल्याउन छलफल गरिने बताउनुभएको छ ।

देशको समग्र विकासका लागि सहमति र सहकार्य आवश्यक भएको भन्दै नेता नेपालले कांग्रेसलाई पनि सँगै लैजान सक्ने क्षमता एमालेमा रहेको दाबी गर्नुभयो ।

प्रेस चौतारी नेपाल सल्यान शाखाले आज बिहान सदरमुकाम खलङ्गामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले देशमा अस्थिरता कायम गरेर देशको प्रगति नहुने भएकाले यसको निकासका लागि पनि सहकार्य आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय एकता नेपालीको विशेषता हो यसलाई कमजोर पारेर देशले गति लिन सक्दैन, राजनीतिक निकासका लागि पनि सहमति र सहकार्य आवश्यक छ ।’

नेता नेपालले प्रधानमन्त्री ओलीको भारत भ्रमण सफल रहेको दाबी गर्दै चीन भ्रमण पनि उपलब्धिपूर्ण हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘देशमा लामो समयसम्म रहेको नाकाबन्दी प्रधानमन्त्री भारत भ्रमणपछि खुलेको छ, उहाँको चीन भ्रमण पनि देशका लागि छिमेकीसँगको सम्बन्ध र उन्नतिका लागि उपलब्धिपूर्ण हुने छ ।’

सरकारमा रहेको ठूलो दल एमाओवादीले मन्त्री फिर्ता बोलाउँदै छ भन्ने हल्ला छ नि भन्ने पत्रकारको प्रश्नको जवाफमा नेता नेपालले भन्नुभयो, ‘यो सरकारले नै स्थानीय निकाय र संसद्को निर्वाचन गराउँछ, मैले पनि २२ दललाई मिलाएकै हो अहिलेको सरकारसँग पनि मिलाएर लैजान सक्ने क्षमता छ ।’

सरकारमा त संघीयता विरोधी, राजावादी, गणतन्त्रवादी मिलेर खिचडी भएको छ, गणतन्त्रको कार्यान्वयनमा समस्या हुँदैन ? भन्ने प्रश्नको जवाफमा नेता नेपालले सबैलाई मिलाएर लैजान सक्नु नै ठूलो कुरा भएकाले यसमा शङ्का नगर्न उहाँले आग्रह गर्नुभयो ।