
काठमाडौं, ८ चैत । साताव्यापी चीन भ्रमणका क्रममा बेइजिङमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ सेनाले उच्च सम्मान दिएको छ ।
चिनियाँ पत्रिका पिपुल डेलीका अनुसार भ्रमणको दोस्रो दिन सोमबार विहानै प्रधानमन्त्री ओलीको सम्मानमा विशेष समारोहमार्फत चिनियाँ सेनाले सम्मान व्यक्त गरेको हो ।

बेइजिङमै रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ सेनाको एक टुकडीले तोप पड्काएर सलामी अर्पण गर्नुका साथै भव्य स्वागत गरेको जानकारी दिए ।
यसअघि प्रधानमन्त्री ओली र चीनका प्रधानमन्त्रीबीच छुट्टै भेटवार्ता भएको थियो । दुई देशका प्रमबीच नेपाल चीन सम्बन्धलाई अझ प्रगाढ बनाउने सम्बन्धमा छलफल भएको थियो । साथै नेपालको विकासमा चीनले पुर्याउने सहयोगका विविध पक्षमा छलफल पनि भएको प्रमका प्रेस सल्लाहकार दाहालले बताए ।
















प्रतिक्रिया