काठमाडौं, ७ चैत । रिलायबल डेभलपमेन्ट बैंकले नयाँ कर्जा योजना “प्रोपर्टी प्लस” सञ्चालनमा ल्याएको छ ।
व्यवसायिक वा व्यक्तिगत प्रयोजनको लागि घर–घडेरी किन्न, घर निर्माण तथा तला थप्न, घर फर्निसिंग गर्न वा घर मर्मत गर्नको लागि ५ लाख देखि माथिको रकम न्यूनतम ब्याजदरमा कर्जा दिइने बैंकले जनाएको छ ।
अधिकतम २० बर्षभित्र समान मासिक वा त्रैमासिक किस्तामा भुक्तान गर्न सकिने यो कर्जा अन्तर्गत सेवा शुल्क समेत ०.२५ देखि ०.५० प्रतिशत सम्म मात्र लाग्नेछ ।
ग्राहकले कागजात पेश गरेको ५ कार्य दिन भित्रै कर्जा उपलब्ध गराउने र आवश्यक परेमा १ वर्षको ग्रेस अवधि प्रदान गर्न सकिने बैंकले जनाएको छ ।
यो सेवा बैंकका सबै शाखाहरुबाट उपलब्ध हुने छ ।















प्रतिक्रिया