१ कार्तिक २०८३, आइतबार

ग्यास विक्रेता संघले भन्यो- सरकारले आपूर्ति नबढाए अझै ग्यास अभाव हुन्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gas-bekrta-sang

– विकाश पराजुली
बुटवल, ६ चैत । भारतीय नाकाबन्दीका कारण देशमा भएको दुई संकट ईन्धन र ग्याँसको आपुर्ति अझै सहज हुन सकिरहेको छैन् ।

भारतले लगाएको नाकाबन्दी अघोषित रुपमानै खुल्ला भएपछि ग्याँस तथा ईन्धनको समस्या भने अझै कायमै रहेको छ । नाकाबन्दीका कारण ग्याँसको अभाव अहिले पनि कायमै रहेको भन्दै व्यवसायीहरुले ग्याँसको आपुर्ति पहिलोको तुलनामा बढाउनुपर्ने माग गरेका छन् ।

शनिबार बुटवलमा भएको ग्याँस विक्रेता संघ रुपन्देहीको छैठो साधारण सभा तथा तेस्रो अधिबेशनमा बोल्ने अधिकांशले ग्याँसको आयात बृद्धि गर्न माग गरे । उनीहरुले अहिले बजारमा ग्याँसको माग अत्याधिक भएपनि आयात नहुँदा उपभोत्ताहरुलाई ग्याँस दिन नसकेको उनीहरुले बताए । उनीहरुले सरकारले ग्याँसको आपुर्ति नबढाउन्जेल बजारमा अझै केही समय ग्याँसको अभाव कायम रहने बताए ।

ग्याँस विक्रेता संघ रुपन्देहीका अध्यक्ष छविलाल गैरेले देशमा भएको विसम परिस्थितीमा स्थानिय प्रशासनको सहयोगले रुपन्देहीमा केही हद सम्म भएपनि ग्याँसको सहज वितरण भएको बताए । उनले भने–“केही मिडियाले लान्छाना लगाएपछि सवै व्यवसायीहरुले कालोबजारी गरेका छैनन्, त्यो उहाँहरुले पनि बुझ्नुपर्छ” उनले भने–“यदि कसैले कालोबजारी गरेको छ भने कानुनको भागिदार बन्नुपर्छ ।”

अध्यक्ष गैरेले विश्वभरी ग्याँसमा भ्याट लागु नगरेको भएपनि नेपालमा भने ग्याँसमा भ्याट लगाईएकाले यसको खारेज गर्न माग गरे । उनले ग्याँसको स्पष्ट कानुनी व्यवस्था नहुँदा सम्म अनुगमन तथा सुरक्षाका उपायहरु प्रभावकारीता नहुने बताए ।

कार्यक्रममा बोल्दै ईलाका प्रशासन कार्यालय बुटवलका प्रमुख कृष्णप्रसाद भण्डारीले ग्याँसको अभाव अहिले पनि कायमै रहेकाले अब छिट्टै नै बजारमा सहज रुपमा ग्याँस उपभोत्ताले पाउने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले अझै पनि आयातित ग्याँस बजारमै गएको भएपनि माग उच्च भएकाले बजारमा सहज स्थिती उत्पन्न नभएको बताए ।

कार्यक्रममा ग्याँस विक्रेता संघ रुपन्देहीका सल्लाहकार चुरामणी पौडेल, कानुनी सल्लाहकार शिवहरी अधिकारी, रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मी, ग्याँस विक्रेता संघका कपिलबस्तु अध्यक्ष रामप्रसाद गैरे लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा महासचिव नारायण नेपालले कोषाध्यक्षको प्रतिबेद प्रस्तुत गरेका थिए । कार्यक्रम उपाध्यक्ष दुर्गा प्रसाद उपाध्यायको स्वागतमा सम्पन्न भएको थियो । अधिबेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।