
काठमाडौं, ६ चैत । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य खुमबहादुर खड्काले नेपाल हिन्दू राष्ट्र कायम हुने विश्वास व्यक्त गरेका छन् ।
आफ्नो एक अन्तर्वार्तामा खड्काले हिन्दू धर्मको विषयमा अब चाँडै जनमत संग्रह गरिने भन्दै जनताहरुको बहुमतबाट नेपाल हिन्दू राष्ट्र बन्ने बताएका हुन् । उनले भने– ९२ देखि ९४ प्रतिशत हिन्दू भएको देशमा धर्म निरपेक्ष लादिएको छ । अब जनमतसंग्रह हुन्छ । मलाई लाग्छ ७५ प्रतिशतको बहुमत हिन्दू राष्ट्रका पक्षमा आउँछ ।
उनले आफू गृहमन्त्री हुँदा कार्यकर्तालाई पैसा बाडेको स्वीकार गर्दै भ्रष्टाचार नगरेको बताए ।
‘हो मैले पाएको अधिकार अनुसार त्यो वा यो पार्टी नभनी सबै पार्टीमा गरिब असहाय परिवारलाई पैसा बाडेकै हो । मैले जनतालाई पैसा बाड्दा भ्रष्टाचारीको उपमा पाए । अरुले लुकीलुकी आफै खान्थे । मैलै गरिब असहाय कार्यकर्तालाई बाडे । अरुले आफ्नो घरपरिवारका लागि घुस लिए, मैले गरिब असहायका लागि राज्यको पैसा बाडेको हुँ ।’
नेता खड्का १३ औं महाधिवेशनमा दोस्रोमा सबैभन्दा बढी ल्याएर केन्द्रीय सदस्यमा विजयी भएका थिए ।
हेर्नुस् खुमबहादुर खड्कासँगको पुरा अन्तर्वार्ताः
भिडियो सौजन्यः न्यूज ट्वान्टीफोर












प्रतिक्रिया