१ कार्तिक २०८३, आइतबार

खुमबहादुर खड्काबारे देउवाको प्लान असफल ! बुढानिलकण्ठमा आयो अर्कै माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deuba-Khakdaकाठमाडौं, ६ चैत । १३ औं महाधिवेशनपछि नेपाली कांग्रेसमा ‘किङ मेकर’को उपाधि पाएका नेता खुमबहादुर खड्काबारे सभापति शेरबहादुर देउवाको योजना असफल भएको छ ।

देउवाले खुमबहादुरलाई उप-सभापति बनाउने योजना बनाएका थिए तर, उक्त योजना खुमबहादुरकै कारण असफल भएको हो ।

कांग्रेसमा खुमबहादुरसँगै उपसभापतिका लागि विमलेन्द्र निधी र कुलबहादुर गुरुङको नाम पनि चर्चामा छ । तर, देउवाको प्राथमिकतामा खुमबहादुर नै रहेको उनी निकट नेताहरु बताउँछन् ।

यता खुमबहादुरले भने उपसभापति पदमा बस्न चाँहेका छैनन् । खड्का निकट स्रोतका अनुसार खुमबहादुरले उपसभापति अरुलाई बनाए पनि हुने तर, आफ्ना मागहरु पुरा गर्नुपर्ने शर्त देउवासमक्ष प्रस्तुत गरेका छन् ।

यसैक्रममा खुमबहादुरले विहीबार साँझ सभापति देउवासँग उनकै निवास बुढानिलकण्ठ पुगेर करिब आधा घण्टा छलफल गरेका छन् । देउवाका सहयोगी भानु देउवाले सभापतिलाई भेट्न खुमबहादुर बुढानिलकण्ठ आएको पुष्टि गरे । के कुरा भयो भन्ने बारेमा उनले केही खुलाएनन् ।

देउवा निकट एक नेताका अनुसार देउवासँगको भेटमा पनि खुमबहादुरले आफू उपसभापति नहुने संकेत गरेका छन् । ‘शेरबहादुर दाईसँगको भेटमा खुमबहादुर दाईले म उपसभापति नभए पनि ठिकै छ । तर, मेरा अरु मागमा ध्यान दिनुपर्यो भन्नुभयो । शेरबहादुर दाईले छलफल गरौं, सबै साथीहरुको सुझाव पछि निर्णय लिन्छु । अन्य मागहरु पुरा हुन्छ भन्नुभयो,’ ती नेताले भने ।

खुमबहादुर निकट स्रोतका अनुसार १३ औं महाधिवेशनअघि देउवाले उपसभापति बनाउने र अन्य मागहरु पुरा गर्ने प्रतिबद्धता जनाएका थिए । जसमा खड्का पक्षका केन्द्रीय सदस्यहरुलाई अवसरहरु दिने, आफूमाथि लागेको भ्रष्टाचारको मुद्दामा पुनर्विचार गर्न पहल गर्ने लगायत रहेका छन् ।

देउवासँगको भेटमा खुमबहादुरले यिनै मागहरु दोहोर्याएको र देउवाले समय आएपछि सबै मागहरु पुरा हुने प्रतिबद्धता जनाएको थिए । अब देउवाले खुमबहादुरलाई नै उपसभापति बनाउने हुन वा विमलेन्द निधी र कुलबहादुरमा एक जनालाई छान्ने त्यो हेर्न बाँकी नै छ ।