काठमाडौं, ६ चैत । बेलायी राजकुमार ह्यारी आज काठमाडौं आउँदै हुनुहुन्छ । उहाँ साढे ३ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।
नेपाल र बेलायतको मैत्री सम्बन्ध दुई सय वर्ष पुगेको अवसर पारेर राजकुमार ह्यारी नेपाल आउन लाग्नु भएको हो ।
राजकुमार ह्यारीले आजै बेलुका प्रधानमन्त्री केपी ओलीसँग बालुवाटारमा भेटवार्ता हुने कार्यक्रम छ ।
एकसाताको बसाइका क्रममा बेलायती राजकुमार ह्यारीले भूकम्पबाट क्षति पुगेका संरचनाहरूको अबलोकन गर्ने कार्यक्रम छ ।












प्रतिक्रिया