२४ कार्तिक २०८३, मंगलबार

एमाओवादी केन्द्रीय समितिको बैठक बस्दै, सरकारको समीक्षा हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, ६ चैत । मुलुकको पछिल्लो राजनीतिक अवस्था र सांगठनिक विषयमा छलफल गर्न एकीकृत नेकपा (माओवादी)को केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।

पार्टी मुख्यालय कोटेश्वरमा बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुने प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो । बैठकमा पार्टीको सांगठनिक विषयहरूमा पनि छलफल हुनेछ ।

सरकारमा सहभागी एमाओवादीका मन्त्रीहरूको कामकारबाहीका विषयमा पनि छलफल हुने बुझिएको छ । बैठकमा सरकारको कामकारबाही र नाकाबन्दीपछिको अवस्थाका विषयमा पनि छलफल हुनेछ ।

केन्द्रीय समितिको बैठक बस्नुअघि पार्टी कार्यालयमा कार्यशाला गरेको एमाओवादीले सोही कार्यशालाको सुझावअनुसार बैठकका एजेन्डा तयार गरेको छ ।

केन्द्रीय कार्यसमिति बस्नुअघि बैठकका एजेन्डा र तयारीका विषयमा स्थायी समितिमा छलफल हुँदैछ ।