
काठमाडौँ, ५ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल अमेरिकाको साताव्यापी भ्रमण सकेर आज स्वदेश फर्कनुभएको छ ।
अन्तराष्ट्रिय त्रिभुवन विभानस्थलमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेपालमा आगामी जेठ ६, ७ र ८ मा हुने दुई हजार ५६० औँ अन्तर्राष्ट्रिय बुद्धजयन्तीका अवसरमा आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा संयुक्त राष्ट्रघका महासचिव वानकी मुनलाई निम्ता पत्र दिनुभयो ।
मन्त्री पोखरेल र मुनबीचे यही चैत ३ गते भेट गरी निमन्त्रण दिएको र मुनले आफु नेपाल आउन तीव्र इच्छा राख्नुभएको जानकारी दिनुभयो । सो अवसरमा उपप्रधान तथा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री सीपी मैनाली पनि हुनुहुन्थ्यो ।
संयुक्त राष्ट्रसङ्घका महासचिव मुनले यसअघि पनि आफु लुम्बिनी पुगेको र लुम्बिनीको विकास, गुरु योजनाबारे चासो र जिज्ञासा राख्नुभएको समेत मन्त्री पोखरेलले जानकारी दिनुभयो । अन्तराष्ट्रिय बुद्ध सम्मेलन मनाउने क्रममा नारामा सांस्कृति शान्ति राख्नका लागि समेत उहाँले सुझाव दिनुभएको थियो ।
मन्त्री पोखरेलले नेपालको लुम्बिनीमा पहिलो पनि आएको र त्यहाँको विकास निर्माणमा समेत चासो व्यक्त गरेको हुनाले मुन सम्मेलनमा आउनेमा आफु आशावादी रहेको विश्वास व्यक्त गर्नुभएको र आफ्नो अमेरिका भ्रमणको मुल विषय नै त्यही भएको बताउनुभयो ।
त्यस्तै, भेटमा मुनले नेपालको शान्ति प्रक्रिया, संविधान जारी भएपछि नेपालको स्थितिका बारेमा चासो व्यक्त गर्दै शान्ति प्रक्रियामा आफूहरुेले पु¥याएको योगदानका बारेमा पनि स्मरण गर्नुभएको मन्त्री पोखरेलले जानकारी दिनुभयो ।

त्यसैगरी, अमेरिकाको भ्रमणका क्रममा न्युयोर्कमा आयोजना गरिएको पर्यटन प्रवद्धन र प्रवासी नेपालीको खेल्नुपर्ने भूमिकाका विषयमा अन्तरक्रिया भएको र नेपालको पर्यटनमा आप्रवासी नेपालीहरुले सहयोग गर्ने विषयमा छलफल भएको उहाँले बताउनुभयो ।
त्यस्तै, उहाँले यही चैत १ गते न्युयोर्कमा हुने ग्लोबल पार्लियामेन्टेयिन्स फोरम फर इभ्यालुएसन बैठकमा समेत भाग लिनुभयो । बैठकमा मूल्याङ्कन नीति र दिगो विकास लक्ष्यबारे छलफल भएको थियो । राम्रो मूल्याङ्कन नीति तथा भ्रष्टचारविरुद्ध अभियान सञ्चालन गरेको भन्दै मन्त्री पोखरेलाई सम्मान समेत गरिएको थियो ।
सांसद तथा मन्त्री पोखरेल त्यसको कार्यकारी समितिको सदस्य हुनुहुन्छ । बैठकमा उहाँले सम्बोधन पनि गर्नुभयो । मन्त्री पोखरेल गत फागुन २६ गते अमेरिका प्रस्थान गर्नुभएको थियो ।












प्रतिक्रिया