
काठमाडौँ, ५ चैत । गत आइतबार पक्राउ पर्नुभएका निलम्बित सांसद ल्हारक्याल लामालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय (जिप्रका)काठमाडौँले प्रहरीलाई अनुमति दिएको छ ।
प्रजिअ रामकृष्ण सुवेदीले लामालाई हातहतियार तथा खरखजाना ऐनअनुसार थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको जानकारी दिनुभयो । यसअघि फागुन ३० गते जिप्रकाले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
अकुत सम्पत्ति आर्जन गरेकोे आरोपमा अख्तियार अनुसन्धान आयोगले छानबिनका लागि लामाको दरबारमार्गस्थित इन्भेस्टमेन्ट बैंकको लकरमा जाँच गर्दा आइतबार बन्दुकको १४ थान गोली बरामद भएको थियो । पक्राउपछि सांसदबाट निलम्बित लामालाई प्रहरीले महानगरीय प्रहरी वृत्त सिंहदरबाको हिरासत कक्षमा राखेर अनुसन्धान गर्दै आएको छ ।












प्रतिक्रिया