२४ कार्तिक २०८३, मंगलबार

काठमाडौं आउँदै गरेको बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु, ६५ जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kavreकाभ्रे, ५ चैत । काभ्रेपलाञ्चोकको पाँचखाल–४ केराघारीमा भएको बस दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य ६५ जना घाइते भएका छन् ।

दोलखाको मेलुङबाट काठमाडौं आउँदै गरेको बा ३ ख ७९३८ नम्बरको बस सडकबाट १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा सवार डाँडाखर्क गाविसकी सुष्मा विकको घटनास्थलमै मृत्यु भएको छ । अर्का मृतक बसका सहचालकको पहिचान हुन सकेको छैन ।

दुर्घटनालगत्तै पुगेको प्रहरीले टोलीले उद्दार गरिरहेको छ । तिव्रगतिमा आएको बस मोटरसाइकललाई बचाउने क्रममा दुर्घटना भएको बताइएको छ । घाइतेहरुको धुलिखेल र बनेपामा उपचार भइरहेको छ ।