
काठमाडौं, ५ चैत । युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले कुनै हालतमा पनि चीनसँग इन्धन व्यापार तथा पारवाहन सम्झौता हुनुपर्ने बताएका छन् ।
संखुवासभाको चैनपुरमा युवा संघको नगर अधिवेशनको उदघाटन गर्दै अध्यक्ष पहारीले पेट्रोलियममा भारतको एकाधिकार तोड्नपनि चीनसँग इन्धन सम्झौता हुनुपर्ने बताए ।
आइतबारदेखि चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिँदै पहारीले भने– भारतसँग सम्झौता गरेको नेपाली भुमि लिपुलेकबारे प्रधानमन्त्रीले चीनको धारणा माग्नुपर्छ । यसलाई गैरकुटनीतिक सन्धि भन्ने गरिन्छ । यो विषयमा चीनका प्रधानमन्त्रीसँग कुरा गर्नुपर्छ ।
पेट्रोलियम पदार्थमा हाल भारतको एकाधिकार रहेको भन्दै चीनसँग बढी भन्दा बढी इन्धन भित्र्याउने गरी सम्झौता गर्न आग्रह गरे । उनले भने– सकिन्छ भने बढी भन्दा बढी इन्धन ल्याउन प्रयत्न गर्नुस् । नभए ५०–५० प्रतिशतको सम्झौता गर्नुस् ।
चीन भ्रमणमा प्रधानमन्त्रीले विभिन्न नाकाहरु खोल्ने विषयलाई मृत रुप दिनुपर्ने पहारीको भनाई छ । ‘७ वटा नाका खोल्ने सैद्धान्तिक सहमति भइसकेको छ । त्यसलाई मृत रुप दिनुपर्छ । किमाथन्का बिराटनगर राजमार्ग बनाउन चीन सरकारसँग आग्रह गर्नुपर्छ । देशभरी थप नाकाहरु चाडो खोली भारतसँगको एकल ब्यापार सम्झौता र परनिर्भता अन्त्य गरिनुपर्छ ।’
प्रधानमन्त्रीको भ्रमणमा बढी भन्दा बढी सम्झौता हुने विश्वास गर्दै उनले चीनसँग माग्ने होइन्, उसको सहयोग लिने हो भने ।
अझै पनि देशमा कालोबजारी भइरहेको भन्दै सरकारले छानविन गर्नुपर्ने बताए । ‘अब कारवाही नभए कानुन हातमा होइन साथमा लिएर हामी आफै कारवाही गर्छाै,’ पहारीले भने ।












प्रतिक्रिया