काठमाडौं, ५ चैत । प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा जानु दुईदिनअघि मधेसी मोर्चासहितको संघीय गठबन्धनले नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताइसँग भेट गरी नेपालको संविधानका विषयमा ध्यानाकर्षण पत्र बुझाएको छ ।
संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता अशोक राईसहितका नेताहरूले आज बिहान लाजिम्पाटस्थित सांग्रिला होटेलमा भेटगरी राजदूत चुन्ताईलाई नेपालको संविधानले आफूहरूको माग सम्बोधन नगरेको जानकारी गराएका हुन् ।
गठबन्धनले आफूहरूका माग नेपालको संविधानमा समेट्का लागि मित्रराष्ट्रको रुपमा नेपाल सरकारलाई दबाब दिन माग गरिएको सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले जानकारी दिनुभयो ।
गठबन्धनका नेताहरूले आफूहरूको आन्दोलनमा समर्थन गरेर सहयोग गर्न चीनसँग आग्रह गरे । उनीहरूले विभेदकारी संविधानमा आफूहरूका माग सम्बोधन गराउन चीनले पनि दबाब दिनुपर्ने उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओली चीन भ्रमणमा जानुभन्दा दुई दिन पहिला भेटेर ध्यानाकर्षण पत्र बुझाएको गठबन्धनले भोलि शनिबार प्रधानमन्त्रीविरुद्ध राजधानीमा विरोध प्रदर्शन गर्दैछ ।














प्रतिक्रिया