२४ कार्तिक २०८३, मंगलबार

अन्ततः राष्ट्रसंघका महासचिव नेपाल आउने, अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको निम्तो स्वीकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ban ki moon-cp-anand

काठमाडौं, ४ चैत । संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुन नेपाल आउने भएका छन् ।

आगामी जेठमा राजधानीमा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनलाई सम्बोधन गर्न महासचिव वान नेपाल आउन लागेका हुन् ।

उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बुधबार राष्ट्रसंघको मुख्यालय पुगेर उपप्रधानमन्त्री सीपी मैनाली र पर्यटनमन्त्री आनन्द पोखरेल नेतृत्वको नेपाली प्रतिनिधीमण्डलले औपचारिक निम्तो दिएको छ ।

उक्त निम्तो स्वीकार्दै महासचिव वानले समय व्यस्तता भएपनि आफू नेपाल आउने आश्वासन दिएको मन्त्री पोखरेलले जानकारी दिए । उनले भने- ‘बौद्व सम्मेलनको आयोजना मिति ताकै टर्कीमा हुन गइरहेको अन्तर्राष्ट्रिय सम्मेलन ‘वल्र्ड ह्युमेनिटेरियन समिट’का लागि उहाँ व्यस्त हुनुहुँदोरहेछ । तैपनि मिलाएर आउँछु भन्नु भएको छ ।’

दुई हजार पाँच सय ६० औं बुद्धजयन्तीको अवसर पारेर सरकारले काठमाडौंमा आगामी जेठ ६ र ७ गते बौद्व धर्म सम्बन्धी अन्तर्रा्ष्ट्रिय सम्मेलनको आयोजना गर्दैछ भने जेठ ८ मा लुम्बिनीमा बुद्व जयन्ती मनाउन लागेको छ ।

मन्त्री पोखरेलका अनुसार मुनले भेटमा आफ्नो नेपाल आउने इच्छा भएको र सदैव रहने उल्लेख गर्दै आफ्नो भ्रमण तालिकामा काठमाडौंको बौद्व धर्म सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सुचीकृत गर्ने बताएका छन् ।

उक्त सम्मेलनमा चीनका राष्ट्रपति सी जिन पिङलाई पनि आमन्त्रण गरिएको छ । यसैगरी भारत र श्रीलंकका राष्ट्रप्रमुखलाई बोलाइएको छ ।