२४ कार्तिक २०८३, मंगलबार

फोरम अध्यक्ष यादव आज स्वदेश फिर्ता हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Upendra Yadav, Mahantha Thakur Morcha Madheshiकाठमाडौं, ४ चैत । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भारतको राजधानी नयाँदिल्लीबाट आज स्वदेश आउँदै हुनुहुन्छ ।

झण्डै एकसाताको नयाँदिल्ली बसाइपछि अध्यक्ष यादव आज काठमाडौं आउन लाग्नु भएको हो । उहाँ मध्यान्ह १२ बजे काठमाडौं अवतरण हुने कार्यक्रम रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

यादव एकउटा गैरसरकारी संस्थाको कार्यक्रममा सहभागी हुन नयाँदिल्ली जानु भएको थियो ।

अध्यक्ष यादवले त्यहाँ रहँदा भारतीय नेताहरूसँग नेपालको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्नुभएको स्रोतले जनाएको छ ।

विगत छ महिनादेखि तराई मधेसमा आन्दोलन गर्दै आउनु भएका यादवले अबको आन्दोलनलाई राजधानी केन्द्रित बनाएर जानुपर्ने बताउँदै आउनुभएको छ ।