२४ कार्तिक २०८३, मंगलबार

पहिलो पटक किन राख्यो एमाओवादीले यस्तो कार्यक्रम ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, ४ चैत । दोस्रो ठूलो सत्तारुढ दल एकीकृत माओवादीले एकदिने कार्यशालाको आयोजना गरेको छ ।

काठमाडौंको कोटेश्वरस्थित पार्टी मुख्लायमा आज हुने कार्यशालामा एमाओवादीले आफ्ना सात प्रदेशबाट ५–५ जनाका दरले अगुवा कार्यकर्ता बोलाएको छ । कार्यशालामा जनवर्गीय संगठन र विभिन्न मोर्चाबाट पनि दुई–दुई जनाका दरले सहभातिगा जनाउने प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो ।

कार्यशालामा एमाओवादीको संगठन सुदृढीकरणका लागि गाउँदेखि हुँदै आएको समस्या र राजनीतिक अनुभवनको समीक्षा हुनेछ ।

‘गाउँदेखि हुने गरेको सांगठनिक कार्यमा बाधा व्यवधान तथा स्थानीय कार्यकर्ताको गुनासाहरू के छन् भनेर सुन्न कार्यशालाको आयोजना गरिएको छ’, प्रवक्ता शर्माले भन्नुभयो, ‘कार्यशालामा आउने गुनासा र सुझावलाई समेटेर केन्द्रीय कार्यसमितिको बैठकका लागि एजेन्डा तयारी गरिनेछ ।’

एमाओवादीको कार्यशालामा अध्यक्ष पुष्पकमल दाहाल आफै बस्नु हुनेछ । कार्यशालामा पदाधिकारीलाई पनि बोलाइएको प्रवक्ता शर्माले बताउनुभयो ।

यस्तो खालको कार्यशाला पहिलो पटक गर्न लागिएको हो । कार्यशालामा अन्तरक्रियात्मक सवाल जवाफ हुनेछ ।