काठमाडौं, ३ चैत । काठमाडौं महानगरपालिका–१८ नरदेबीस्थित बद्री मानन्धरको नेपाल ग्यास डिपोमा बाणिज्य तथा आपुर्ति ब्यवस्थापन बिभाग र महानगरीय प्रहरी बृत्त जनसेवाको टोलीले बुधबार सिलबन्दी गरेको छ ।
डिपोमा चैत १ गते ग्यास सिलिन्डहरु ल्याएकोमा उपभोक्तालाई बितरण नगरेको भत्रे गोप्य सूचनाको आधारमा खटी गएको टोलीले अनुगमन गर्ने क्रममा वितरण नगरिएका नेपाल ग्यासका २० थान र श्रीकृष्ण ग्यासका १२ थान सिलिण्डर फेला पारेपछि सिलबन्दी गरी संचालकलाई आपुर्ति ब्यवस्थापन बिभागमा उपस्थितिको लागि पूर्जी दिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।















प्रतिक्रिया