२४ कार्तिक २०८३, मंगलबार

डा.कोइराला घर फिर्ता, स्वास्थ्यमा सुधार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shekhar Koiralaकाठमाडौं, ३ चैत । नेपाली कांग्रेसको १३औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यतर्फ सबैभन्दा बढी मत ल्याएर विजयी भएका डा.शेखर कोइरालाको स्वास्थ्यमा सुधार भएको छ ।

स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको डा.कोइरालाका सहयोगी दिनेशचन्द्र थपलियाले जानकारी दिएका छन् । डा.कोइरालालाई अस्पतालले आज बिहान डिस्चार्ज गरेको हो ।

डा.कोइरालालाई चिकित्सकहरूले केही दिन आराम गर्न सुझाव दिएका छन् । डा.कोइराला निवास फिर्ता भएपछि शुभेच्छुकहरू भेट्न पुगेका थिए ।