२४ कार्तिक २०८३, मंगलबार

यी हुन् कांग्रेसका पराजित भाग्यमानि नेता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramchandra-sherbahadur-Krishna-sitaulaकाठमाडौं, ३ चैत । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले आज कार्यभार लिएपछि केही केही सदस्य थप गर्ने तयारीमा रहनुभएको छ ।

स्रोतका अनुसार देउवाले सभापति पदमा पराजित रामचन्द्र पौडेललाई दोस्रो वरीयता रहने गरे वरिष्ठ नेतासहित केन्द्रीय सदस्यमा नियुक्त गर्न लाग्नुभएको छ । सभापतिमा पराजित कृष्णप्रसाद सिटौलालाई पनि केन्द्रीय सदस्यमा नियुक्ति गरिँदैछ ।

नेता देउवाले महामन्त्रीमा पराजित अर्जुन नरसिंह केसी, महामन्त्रीमा पराजित गगन थापा, कोषाध्यक्षमा पराजित चित्रलेखा यादव र उमाकान्त चौधरीलाई केन्द्रीय सदस्यमा नियुक्तिको तयारी गर्नुभएको हो । यी नेताहरू १३औँ महाधिवेशनमा पराजित भएका थिए ।

नवनिर्वाचित सभापति देउवासहितका पदाधिकारी र सदस्यहरूलाई पार्टी मुख्यालय सानेपामा अपरान्ह चार बजे विशेष कार्यक्रम गरेर प्रमाणपत्र वितरण गरिँदैछ ।

त्यसैगरी देउवाले उपसभापति र महामन्त्री नियुक्तिको तयारी पनि गर्नुभएको छ । तर यी दुई पदमा को–को रहने भन्ने विषयमा केही खुलाइएको छैन ।

स्रोतका अनुसार मनोनीत उपसभापतिमा खुमबहादुर खड्का र महामन्त्रीमा विमलेन्द्र धिनीको नाम चर्चामा छ । सहमहामन्त्रीमा पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्कीलगायतको नाम पनि अगाडि आएको छ ।

पार्टी प्रवक्तामा गगन थापा, डा.प्रकाश शरण महतलगायतको नाम चर्चामा छ ।