
काठमाडौँं, २ चैत । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले काँग्रेस सत्तामा जान लालायित नभएको बताउनुभएको छ ।
पार्टी सभापतिमा निर्वाचित भएपछि उहाँलाई बधाई दिन नेपाल प्रेस युनियनले उहाँको निवास बुढानीलकण्ठमा आज आयोजना गरेको कार्यक्रममा नेता देउवाले यस पटक काँग्रेस सत्ता बाहिरको रचनात्मक पहरेदारको भूमिकामा बसी मधेसका माग, संविधान कार्यान्वयन, स्थानीय तथा प्रदेशको निर्वाचन लगायतमा कटिबद्ध हुने बताउनुभयो ।
“म पार्टीलाई एक ढिक्का बनाई अगाडि बढ्ने छु” उहाँले भन्नुभयो ।
पूर्वप्रधानमन्त्री देउवाले लोकतन्त्रको सुदृढीकरण र संविधानको कार्यान्वयनमा नेपाली पे्रसको सहयोग र योगदान अपरिहार्य छ भन्नुभयो । अर्काे एक प्रसङ्गमा उहाँले स्वतन्त्र न्यायपालिकामा पूर्वसांसदलाई नियुक्ति गर्न खोज्नु लाजमर्दो भएको टिप्पणी पनि गर्नुभयो ।
कार्यक्रममा युनियनका सभापति बद्री सिग्देल, महासचिव अजयबाबु शिवाकोटीलगायतले अभिव्यक्ति तथा विचार स्वतन्त्रका पक्षधर शक्तिको संरक्षणबाट मात्र लोकतन्त्रको रक्षा हुने बताउनुभयो ।












प्रतिक्रिया