२४ कार्तिक २०८३, मंगलबार

एकाएक जुर्मुराए राजधानीका एमाले नेताहरु, ज्ञवालीलाई आपत !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Uml

काठमाडौं, २ चैत । गत वैशाख १२ को विनाशकारी भूकम्प पछाडि सबैभन्दा बढि क्षति बाग्मति अञ्चलमै भएको र पुनर्निर्माणमा जुट्न ढिलाई भएको भन्दै बाग्मती अञ्चलका नेकपा एमाले पार्टीका नेता तथा कार्यकर्ताहरु जुर्मुराएका छन ।

पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेकपा एमाले बाग्मती अञ्चलका केन्द्रीय नेताहरुको समेत उपस्थितीमा एमाले बाग्मती समन्वय कमिटीले आज अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै पुनर्निर्माणको काम वर्षा सुरु हुन अगावै गर्नुेपर्ने, वर्षा अगावै जनताको घर निर्माण भइसक्ने गरी योजना बन्नुपर्ने, सरकारी प्राविधिक, स्थानीय निकायको निगरानी र निरीक्षण सरकारले दिएको नमुना अनुसार जनता आफैंलाई आवास निर्माण गर्ने पाउनुपर्ने र यसरी बन्नुपर्ने घरलाई समेत राज्यबाट दिने ऋण र अनुदान दिनुपर्ने, घर निर्माणका लागि दिइने थप ३ लाख ऋणलाई अनुदानमा रुपान्तरण गर्नुपर्ने, भूकम्प प्रभावित सबै जिल्लामा काम एकैपटक थाल्नुपर्ने, क्षति भएका सार्वजनिक संरचनाको पुनर्निर्माणको काम तत्काल सुरुवात हुनुपर्ने लगायतका आवाज सहभागीहरुले उठाएका केन्द्रीय सदस्य माधव अर्यालले जानकारी दिनुभयो ।

बाग्मती भित्रका पार्टी स्थायी कमिटि, पोलिव्यूरो केन्द्रीय कमिटिका सदस्य, जिल्ला कमिटिका अध्यक्ष तथा पदाधिकारी, सभासद्, पार्टीका नेताहरुको उपस्थिती रहेको उक्त भेलामा बोल्दै पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जनताका आवास निर्माणका सम्बन्धमा प्राधिकरणले हालसम्म गरेका काम र आगामी योजना प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा यूवराज खतिवडाले भूकम्पबाट प्रभावित क्षेत्रमा आगामी वजेटमा समावेश गरिने विशेष कार्यक्रम बारेमा योजना प्रस्तुत गर्नुभएको थियो ।

गएको वैशाखमा गएको विनाशकारी भूकम्पले वाग्मती अञ्चलका विभिन्न जिल्लाहरु सबैभन्दा वढि प्रभावित भएको, मानवीय र भौतिक दृष्टिबाट समेत सबैभन्दा बढि क्षति यिनै जिल्लामा भएको कारण राज्यको ध्यान यतैतर्फ केन्द्रीत हुनुपर्ने भएको हुँदा, नेकपा एमाले पार्टीको ध्यान यसैतर्फ केन्द्रित रहोस भन्ने उद्देश्यले यस किसिमको अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको अर्यालले जानकारी दिनुभयो ।

नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् वागमती अञ्चल इञ्चार्ज अरुण नेपालको अध्यक्षता र सह इञ्चार्ज एवम् सांसद शेरबहादुर तामाङको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा अनुशासन आयोगमा अध्यक्ष एवम् सांसद अमृतकुमार बोहोरा,पार्टी पोलिटब्युरो सदस्य पूर्व मन्त्री राजेन्द्रप्रसाद पाण्डे, पार्टी पोलिटब्युरो सदस्य पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे लगायतका पार्टीका केन्द्रीय नेताहरुको समेत उपस्थिती रहेको थियो ।