
काठमाडौं, २ चैत । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको तालिका सार्वजनिक भएलगत्तै आन्दोलनरत संघीय गठबन्धनको बैठक बस्न लागेको छ ।
काठमाडौंको तिनुकनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा आज दिउँसो बस्ने बैठकमा प्रधानमन्त्री ओलीको चीन भ्रमण र जारी आन्दोलनका विषयमा छलफल हुने सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले जानकारी दिनुभयो । बैठक दिउँसो एक बजे बस्ने कार्यक्रम छ ।
‘प्रधानमन्त्री केपी ओली मुलुकको समस्या समाधान नगरेर चीन भ्रमण जान लाग्नु भएको छ’, महासचिव समुनले भन्नुभयो, ‘चीन जानुअघि राजधानीमा प्रदर्शन गर्ने तयारी गरेका छौँ ।’
संघीय गठबन्धनले प्रधानमन्त्री ओलीको चीन भ्रमणको विरोध स्वरुव विभिन्न कार्यक्रमहरू ल्याउनेछ । प्रधानमन्त्री ओली चैत ७ गते चीन भ्रमणमा जान लाग्नुभएको छ ।












प्रतिक्रिया