२४ कार्तिक २०८३, मंगलबार

राप्रप र राप्रपा नेपालबीच यी हुन् मिल्न बाँकी विषय, आज वार्ता हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

राप्रपा
राप्रपा

काठमाडौं, २ चैत । पार्टी एकीकरणको लागि कछुवा गतिमा वार्ता गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच आज पुनः वार्ता हुँदैछ ।

सिंहदरबारस्थित राप्रपाको संसदीय दलको कार्यालयमा हुने वार्तामा दुई पार्टीको एकीकरणका लागि ल्याइने प्रस्तावहरूमा परामर्श हुनेछ ।

राप्रपाका सहप्रवक्ता किरण गिरीका अनुसार दुई पार्टीबीचको एकीकरणका लागि भइरहेको प्रगतिका विषयमा छलफल हुनेछ ।

‘दुई राप्रपाबीच एकीकरणको तयारी हामीले आन्तरिक रुपमा गरिरहेका छौँ’, उहाँले भन्नुभयो, ‘आजको बैठकमा दुबै पक्षले आ–आफ्नो तर्फबाट ल्याउने एकीकरणको प्रस्तावमा छलफल हुन सक्छ ।’

वार्ता टोलीका सदस्य समेत रहनु भएका राप्रपाका सहप्रवक्ता गिरीले आफ्नो पार्टीका तर्फबाट एकीकरणको लागि खाका तयार पारिएको बताउनुभयो । ‘पार्टीको नेतृत्व, संगठन, महाधिवेशन, पार्टीको नाम, झण्डा, चुनाव चिन्ह, सिद्धान्त, राजनीतिक कार्यदिशामा दुई पार्टीबीच कुरा मिल्नेवित्तिकै एकता हुन्छ’, उहाँले भन्नुभयो, ‘अहिलेसम्मको तयारी अनुसार वार्ता धेरै हदसम्म सकारात्मक रुपमा अगाडि बढेको छ ।’

राप्रपा नेपाल
राप्रपा नेपाल

राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले पनि दुई राप्रपाबीचको एकताका लागि छलफलहरू चलेपनि मूर्तरुप पाइनसकेको बताउनुभयो ।

उहाँले सैद्धान्तिक विषयमा कुराकानीहरू अगाडि बढेको भन्दै दुई पार्टीबीचको एकताका लागि आशा राख्ने धेरै आधारहरू तयार भएको दाबी गर्नुभयो ।

राप्रपाले महामन्त्री बुद्धिमान तामाङ र राप्रपा नेपालले उपाध्यक्ष राजीव पराजुलीको नेतृत्वमा वार्ता टोली गठन गरेका छन् । दुबै पक्षले वार्ता अगाडि बढाए पनि त्यसलाई तीब्रता दिन भने कञ्जुस्याइ गरिरहेको आरोप छ ।