
काठमाडौं, १ चैत । नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत प्रदेशतर्फको नतिजा पनि सोमबारै सार्वजनिक भएको छ ।
साँझ आएको मतपरिणामअनुसार प्रदेश नम्बर १ बाट गुरुराज घिमिरे र भीष्मराज आङ्देम्बे निर्वाचित भएका छन् ।
२ नम्बर प्रदेशबाट आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल, ३ नम्बर प्रदेशबाट नविन्द्रराज जोशी र मोहनबहादुर बस्नेत विजयी भएका छन् ।
४ नम्बर प्रदेशबाट गोविन्द भट्टराई र सुरेन्द्रराज पाण्डे, ५ नम्बर प्रदेशबाट दीपक गिरी र देवेन्द्रराज कँडेल, ६ नम्बर प्रदेशबाट हृदयराम थानी र जीवनबहादुर शाही र ७ नम्बर प्रदेशबाट दिलेन्द्रप्रसाद बडु र बीरबहादुर बलायर निर्वाचित भएका छन् ।
केन्द्रीय निर्वाचन समितिका अनुसार ७ वटै प्रदेशबाट नवनिर्वाचित सभापति शेरबहादुर देउवा र सभापतिमा पराजित रामचन्द्र पौडेल प्यानलका बराबर ७–७ जना निर्वाचित भएका छन् ।
हेर्नुस् सूचीः













प्रतिक्रिया