२४ कार्तिक २०८३, मंगलबार

शारदा भुसाललाई कविताको जवाफः मेरा श्रीमानलाई बदनाम नगर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sharada-Bhusal
शारदा भुसाल

काठमाडौं, १ चैत । भ्रष्टाचार विरोधी अभियन्ता शारदा भुसाललाई कविता पौडेलले कडा जवाफ फर्काएकी छिन् ।

सोमबार एक विज्ञप्ति जारी गरी आफ्नो आत्मकथा समावेश गरिएको पुस्तकमा भुसालले आफ्ना श्रीमानमाथि अत्यन्त घिनलाग्दा आरोपहरु लगाएर बदनाम गरेको भन्दै पौडेलले आफ्ना श्रीमान मोदनाथ प्रश्रितबारे एक शब्द पनि नबोल्न चेतावनी दिएकी छिन् ।

भुसालले आफ्नो पुस्तकमा मोदनाथ प्रश्रितले आफू विरामी हुँदा यौन शोषण गरेको उल्लेख गरेकी छिन् ।

यस्तो कविताको विज्ञप्तिः

आदरणीय दिदीबैनी तथा दाजुभाइहरु,
केही दिन यता शारदा भुसाल झा नाम राखेर धरातल नाम दिइएको एउटा अत्यन्तै घिनलाग्दो सामग्रीसहितको पुस्तक बजारमा ल्याइएको रहेछ । पुस्तकमा मेरा श्रीमानमाथि अत्यन्त घिनलाग्दा आरोपहरु लगाइएको रहेछ । पुस्तककी लेखिका शारदा भुसालले मेरा श्रीमानमाथि अनर्गल आरोप लगाएकी छन् । उनलाई मानसिक रोगको उपचारका लागि २०४८ सालमा काठमाडौं ल्याइएको थियो । त्यहाँदेखि म मेरा श्रीमानसंग निरन्तर रुपमा संगै बस्दै आएकी छु । हाम्रो परिवारको तर्फबाट उनलाई सक्दो सहयोग गरिएको पनि हो । उनी बीचैमा आफ्नो डेरा छोडेर हिँडेकी थिइन् । यतिका वर्षसम्म सम्पर्कबिहिन रहेकी उनीबाट विगतको सहयोगका लागि धन्यवाद पाउनुको साटो समग्र परिवारको इज्जत–प्रतिष्ठा माटोमा मिलाउने गरी जेजस्तो लेखाइ उनीबाट भएको छ, त्यसमा मलाई धेरै दुःख लागेको छ । एक महिला हुनुको नाताले उनको झुठो, कपोलकल्पित र समाजविरोधी लेखाइप्रति घोर घृणा र भ्रत्सना व्यक्त गर्न चाहन्छु ।
कविता पौडेल
२०७२/१२/०१