
काठमाडौं, १ चैत । केन्द्रीय सदस्य पदमा निर्वाचित नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले समर्थकलाई छोटो प्रतिक्रिया दिएकी छन् ।
उनले भनेकी छिन्- ‘नेपाली काँग्रेसको १३ औँ महाधिवेशनको निर्वाचनबाट मलाई आफ्नो अमुल्य मत दिएर केन्द्रीय सदस्य पदमा विजयी गराउनुहुने सम्पूर्ण महाधिवेशन प्रतिनिधी, महासमिति सदस्य, क्षेत्रीय सभापति, जिल्ला सभापति, नेपाल जनसम्पर्क समितिका प्रतिनिधीहरु, केन्द्रीय सदस्य सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।’
सोमबार दिउँसो सम्पन्न खुला तर्फको मनगणनामा १६१९ मत ल्याउँदै सुजाता केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । २५ जनाका लागि भएको निर्वाचनमा उनी १५ नम्बरमा परेकी छन् ।












प्रतिक्रिया