
– कृष्ण ओझा
पाँचथर, १ चैत । नेकपा एमालेका संसदीय दलका उपनेता एवं पूर्व सभामुख सुवास नेम्वाङले नयाँ संविधान महिला मैत्री भएकाले कार्यान्वयन भएरै छाडने बताएका छन् ।
मेचीको पर्यटन प्रबर्द्धनका लागि पाँचथर आईपुगेका नेता नेम्वाङले पाँचथरमै आयोजित सभालाई सोमबार सम्बोधन गर्दै राष्ट्रपति, सभामुख, प्रमुख निकायमा रहेको र अब चैत्र महिनाभित्रमा महिला प्रधानन्यायधीश बन्ने पक्का भइसकेको बताए ।
नेता नेम्वाङले पर्यटन र प्रबर्द्र्धनको बिकासमा लाग्न सबैलाई आग्रह गरे ।
नेकपा एमाले पाँचथरद्धारा आयोजित पर्यटन प्रवर्द्धन कार्यक्रममा एमालेका ७५ वटै जिल्ला अध्यक्ष, सबै अञ्चल इन्चार्ज, केन्द्रिय कमिटीका पदाधिकारीसहितको एक सय पचास जना बढीको जम्बो टोली रहेको आयोजक समितिका संयोजक डम्बर सिंह सम्वाहाम्फेले जनाए ।












प्रतिक्रिया