२४ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्रीसँग चीन जाने टोली जम्बो हुने (को–को जाँदैछन् भ्रमणमा)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP{ Oli Pm Nepalकाठमाडौं, १ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने चीन भ्रमणको टोली पनि जम्बो हुने भएको छ ।

यसअघि भारत भ्रमणमा जाँदा ठूलो टोली लगेको भन्दै आलोचना खेपेका प्रधानमन्त्री ओलीले चीन जाँदा पनि ठूलै टोली लैजाने भएका छन् । यद्यपी भ्रमण टोलीको संख्या भने एकीन भएको छैन ।

तर प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार भारत गएको टोलीभन्दा चीन जाने टोली ठूलो हुने बताएको छ । प्रधानमन्त्री ओली भारत जाँदा ४६ जनाको टोलीको नेतृत्व गर्दै गएका थिए । भारत जाँदा प्रधानमन्त्रीसँग व्यापारिहरुको छुट्टै टोली पनि गएको थियो ।

प्रधानमन्त्रीसँगै चीन जाने चार जना मन्त्रीको नाम भने तय भएको छ । ओलीसँगै उप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, आपूर्ति मन्त्री गणेशमान पुन र वाणिज्य मन्त्री दीपक बोहोरा जाने निश्चित भएको छ ।