काठमाडौंं, १ चैत । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा केही चर्चित नेताहरु पराजित भएका छन् ।
पराजित हुनेमा भ्रष्टाचारी ठहर भएकादेखि लिएर केही लोकप्रिय युवासमेत रहेका छन् । आफूलाई पार्टीको मुख्य जिम्मेवार भनेर दाबी गर्नेहरु पनि थोरै मत ल्याएर विजयी भएका छन् ।
लामो समयदेखि नेपाली राजनीतिमा चर्चित हुँदै आएका तर अदालतले नै भ्रष्टाचारी ठहर गरेका गोविन्दराज जोशी, चिरञ्जीवी वाग्ले पनि निर्वाचनमा पराजित भएका छन् ।
उनीहरुको पराजयले कांग्रेसको युवा पुस्ता खुसी भएको छ । त्यसैगरी पूर्वसभामुख तारानाथ रानाभाट पनि पराजित भएका छन् । चर्चित नेताहरु पद्मनारायण चौधरी, उदयशमशेर राणा, जिपछिरिङ लामा, डिना महालक्ष्मी उपाध्यक्ष, मनमोहन भट्टराई, रामहरि खतिवडालगायतका नेता पनि पराजित भए ।
तीन जना डाक्टर अन्तिमबाट पहिलो, दोस्रो र तेस्रो
यस पटकको कांग्रेस महाधिवेशनमा चर्चित तीन जना डाक्टर अन्तिममा मात्र विजयी भएका छन् । आफूलाई निकै जान्ने सुन्ने ठान्ने चर्चित डाक्टरहरु प्रकाशशरण महत, मिनेन्द्र रिजाल र नारायण खड्का अन्तिमबाट पहिलो, दोस्रो र तेस्रो हुँदै विजयी भएका छन् ।
उनीहरु निकै कम मनान्तरले मात्र विजयी हुन पाए । अघिल्लो महाधिवेशनमा तीनै जना डाक्टरले राम्रो मत पाउँदै विजयी भएका थिए ।
तर सत्तामा रहँदा तीनै जनाले कार्यकर्तामाझ नराम्रो छवि बनाएपछि उनीहरु झन्डै पराजित भएका थिए ।












प्रतिक्रिया