२४ कार्तिक २०८३, मंगलबार

कांग्रेस केन्द्रीय सदस्यको नतिजा सार्वजनिक, को–को भए विजयी ? कसको मत कति ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress Nepali Matgarana

काठमाडौं, १ चैत । नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको मत गणना सकिएको छ । केहीबेरअघि सकिएको मतगणनामा शेखर कोइरालाले सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका छन् । त्यसैगरी खुमबहादुर खड्का र प्रकाशमान सिंहले क्रमशः दोस्रो र तेस्रो बढी मत पाएका छन् । निर्वाचित अधिकांश पुरानै अनुहारका रहेका छन् । खुलातर्फको केन्द्रीय सदस्यमा रमेश लेखक, विश्वप्रकाश शर्मा नयाँ अनुहारका हुन् । यसैगरी प्रदीप पौडेल पनि नयाँ अनुहारका रुपमा देखिएका छन् । उनी यसअघि मनोनित केन्द्रीय सदस्य बनेका थिए ।

 

विजयी हुने कांग्रेसका खुलातर्फका केन्द्रीय सदस्यहरु–

१. शेखर कोइराला (१८४८)

२. खुमबहादुर खड्का (१८४३)

३. प्रकाशमान सिंह (१७९५

४. कुलबहादुर गुरुङ (१७७३)

५. प्रदीप गिरी (१७२५)

६. प्रदीप पौडेल (१७०९)

७. धनराज गुरुङ (१६९७)

८. रमेश लेखक (१६८९)

९. पूर्णबहादुर खड्का (१६८६)

१०. विमलेन्द्र निधि (१६८०)

११. बलबहादुर केसी (१६७४)

१२. महेश आचार्य (१६६९)

१३. बालकृष्ण खाँड (१६६४)

१४. विश्वप्रकाश शर्मा (१६२०)

१५. सुजाता कोइराला (१६१९)

१६. डा. रामशरण महत (१६११)

१७. शंकर भण्डारी (१५४७)

१८. एनपी साउद (१५४७)

१९. ज्ञानेन्द्रबहादुर कार्की (१५०२

२०. गोपालमान श्रेष्ठ (१४९९)

२१. चन्द्र भण्डारी (१४९२)

२२. डा. प्रकाशशरण महत (१४९१)

२३. बद्री पाण्डे (१४८५)

२४. डा. नारायण खड्का (१४६४)

२५. डा. मिनेन्द्र रिजाल (१४२०)