२४ कार्तिक २०८३, मंगलबार

कांग्रेसमा प्रथम भएर जित्नै लाग्दा शेखर कोइराला अचानक अस्पताल भर्ना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shekhar-Koirala

काठमाडौं, १ चैत । नेपाली कांग्रेसको खुला तर्फको केन्द्रीय सदस्यको सूचीमा एक नम्बरमा रहेका नेता डा शेखर कोइराला अचानक अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि नेता कोईराला सोमबार विहान उपचारका लागि नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।

खुलातर्फको केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत पाएर जित्ने लगभग पक्का भएका कोइराला अचानक विरामी भएका हुन् ।

उनलाई उपचारका लागि सोमबार नै अस्पताल भर्ना गरिएको कोइराला सहयोगी दिनेशचन्द्र थपलियाले जानकारी दिए ।